Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले बिद्यालयको भवन पुर्यो

Published on 2:21:00 PM //


सीता भण्डारी,
गत वुधवार देखि लगातार परेको अविरल वर्षाका कारण गुल्मीको हाडहाडेमा एक विधालयको निर्माणाधिन भवन पहिरोले पुरीदिएको छ । हाडहाडे गाविस वार्ड नं ६ मा रहेको सोमरभोमर माध्यमिक बिद्यालय करिव १ सय मिटर माथिवाट आएको पहिरोले निर्माणधिन २ कोठे भवन पुर्णरुपमा पुरेको छ भने अर्को ६ कोठे भवनको पनि २ ओटा कोठामा पुर्णरुपमा क्षति पुर्याएको छ । साथै बिद्यालय बाँकि भवन पनि पहिरोको जोखिममा रहेको र पहिरोले विधालयमा करिव २५ लाख वरावरको क्षति पुर्याएको बिद्यालय प्रधानध्यापक काशिराम खनालले जानकारी बताउनुभयो । पहिरोले विधालयमा क्षति पुर्याएको र वाँकि भवन पनि पहिरोको जोखिममा भएपछि विद्यार्थीलाई आईतवारदेखि नै वर्षे विदा दिईएको समेत प्रधानध्यपक खनालले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग