Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घर सम्पत्ति फिर्ता नभएकोमा आपत्ती

Published on 2:24:00 PM //


द्धन्द्धको समयमा माओवादीले कब्जा गरेको घर सम्पत्ति अझै सम्म फिर्ता नभएको भन्दै अर्घाखाँचीका द्धन्द्ध पिडीतहरुले आपत्ती प्रकट गरेका छन् । सदरमुकाम सन्धिखर्कमा स्थानीय शान्ति समितिले गरेको अन्तरकृया कार्यक्रममा द्धन्द्धपिडीतहरुले माओवादीले कब्जा गरेका घर सम्पत्ति अझैसम्म पनि फिर्ता नभएको र फिर्ता गराउन समेत कहि कतैबाट पहल नभएको भन्दै द्धन्द्ध पिडीतहरुले आपत्ती प्रकट गरेका हुन् । कार्यक्रममा द्धन्द्ध पिडीत सुदीप ज्ञवालीले आफ्नो केरुंगा गाविस वाड न. १ बल्कोटमा रहेको घरमा २०६० साल बैसाख ९ गते लगाएको ताला अझै खुल्न नसकेको बताउनुभएको छ । 
उहाँले घरको ताला खुला गरिदिने वातारण सृजना गरिदिन सबै पक्षलाई आग्रह समेत गर्नुभएको छ । त्यस्तै लोकतान्त्रिक गैर सरकारी सस्था महासघका अध्यक्ष गोपाल प्रसाद पन्थीले द्धन्द्ध समाप्त भएको ५ बर्ष बिति सक्दा समेत सिद्धारा गाविसका लेखनाथ बेल्बासे, दुर्गा बेल्बासे, सुरेन्द्र बेल्बासे र नारायण बेल्बासेको सिद्धाराज र जलुके गासिमा रहेको झण्डै १५ रोपनी जग्गा कब्जा गरि माओादी कार्यकर्ताहरुले खेती गरिरहेको बताउनुभयो । त्यस्तै सिद्धारा गाविसमा पनि माओवादीले घरमा लगाएको ताला अझै नखोदिएको द्धन्द्ध पिडीत पुस्कर पोख्रेलले बताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग