Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले गुल्मीमा चार विद्यालय र गाउँहरु जोखिममा

Published on 2:28:00 AM //


घनश्याम गौतम
बर्षा शुरुभएसंगै गुल्मी जिल्लाका विभिन्न स्थानका चार विद्यालय र तिन गाउँ पहिरोको जोखिममा परेका छन् । पहिरोले आधा दर्जन घर गोठ भत्काईदिंदा लाखौंको क्षति पुगेको प्रहरीले जनाएको छ । 
पहिरोले हाडहाडे–६ को सोमरभोमर माविको नयाँ भवनको दुई कोठा भत्काईदिंदा विद्यालयको ८ लाख ५० हजार, छापहिले–३ को मालिका प्राविको पनि दुई कोठे भवन भत्कादिंदा ४ लाख, तम्घास, जैसीथोक, दर्लामचौर गाविमा व्यक्तिका घर गोठ भत्किदा झण्डै ७ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्याम अर्यालले बताउनु भयो ।
त्यस्तै पहिरोले हर्दिनेटा–५ को भगवती प्रावि, बम्घा–५ को जनजागरण प्राविलाई पनि जोखिममा पारेको छ । बम्घाको जनजागरण प्रावि नजिकै बाट पहिरो गएपछि विद्यार्थीको पढाई प्रभावित भएको छ । हर्दिनेटाको लुम्छामा रहेको भगवती प्रावि पनि गत वर्ष देखि नै जान शुरु गरेको पहिरो  बढ्दै गएपछि पानी परेका बेला विद्यालय संचालन गर्न नै अप्ठ्यारो परेको व्यवस्थापन समितिले जनाएको छ । पहिरोका कारण चार विद्यालयका झण्डै ९ सय विद्यार्थीको पढाई पानी पर्नासाथ प्रभावित हुने गरेको छ ।
त्यस्तै पहिरोले हर्दिनेटाकै लुम्छा बजारका झण्डै ५ घरलाई विस्थापित गराई दिएको छ । पहिरोले माधवप्रसाद पन्थको पक्की घरको पेटी नै भत्काईदिएको छ । झण्डै ३० लाखको लागतमा दुई वर्ष अघि निर्माण गरिएको घर पहिरोले भत्काईदिएपछि परिवार आर्थिक विपत्तिमा परेको छ । पहिरोले दुर्गम नेटा गाविसको बसेनी गाउ“का १२ घर जोखिममा पारेको छ । मोटर लैजान डोजरको प्रयोग गरेर सडक निर्माण गर्दा घरहरु पहिरोको जोखिममा परेको स्थानीयले जानकारी दिएका छन् । 
उता रुपाकोट गाविसका झण्डै दुई दर्जन घरपनि पहिरोबाट प्रभावित भएका छन् । पहिरोका कारण तम्घास गाविस–८ का श्रृषिराम वि.क., सोही स्थानकै शिवलाल पाण्डे, भिमा कामी, लालबहादुर काउछा र जैसीथोकका डिलबहादुर परियारको घर गोठमा क्षति पु¥याउ“दा ९ लाख भन्दा बढीको क्षति भएको छ । विद्यालय, व्यक्तिका घर, गोठ, भैसी, बाख्रा समेत पहिरोमा पर्दा जिल्लामा झण्डै २० लाखको क्षति पुगेको प्रहरी निरिक्षक अर्यालले बताउनु भएको छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग