Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलहरूभित्र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्नेमा जोड

Published on 2:37:00 PM //


नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय, गुल्मीले ०६८ असार १८ गते तम्घासमा आयोजना गरेको मानवअधिकार र सुशासनको लागि सरोकारवालाको भूमिका र चुनौती विषयक अन्तरक्रिया कार्याक्रमका सहभागीहरूले दलहरूभित्र आन्तरिक लोकतन्त्र मजबुत नहुँदा अराजकता बढेको औल्याउँदै व्यक्तिमा अधिकारसँगै कर्तव्यको पनि बोध हुनुपर्ने धारणा राखे ।

स्थानीय सरोकारवालाहरूलाई मानवअधिकार र सुशासन विषयमा सचेतना अभिवृद्धि गरी नागरिक अधिकारको रक्षाको लागि क्रियाशील बनाउने उद्देश्यले आयोजित कार्यक्रममा यस्तो घारणा व्यक्त भएको हो ।

इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालले सहजीकरण गरेको कार्यक्रममा स्थानीय शान्ति समिति गुल्मीका सदस्य एवं प्राध्यापक पदमप्रसाद पाण्डेले ''मानवअधिकार र सुशासनको लागि सरोकारवालाहरूको भूमिका र चुनौती'' विषयक कार्यपत्र प्रस्तुत गरे भने कार्यपत्रउपर सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले टिप्पणी गरे ।

यसैगरी कार्यक्रममा आफ्नो धारणा राख्दै मानवअधिकार सचेतन संस्थाका अध्यक्ष हरिप्रसाद पोखरेल, अन्तरपार्टी महिला सञ्जालका संयोजक ललिता गौतम, दलित महिला संघका अध्यक्ष कमला बराल लगायतका वक्ताहरूले अपराधलाई राजनीतिकरण गर्ने र राजनीतिमा अपराधीकरण गर्ने प्रवृत्तिले मानवअधिकार संस्कृति निर्माणमा बाधा पुगेको धारणा व्यक्त गरे ।

नौ जना महिलासहित ३२ जनाको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य इन्सेक सहजकर्ता शान्ता पोखरेलले राखिन् भने सञ्चालन इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीले गरे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग