Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लक्ष्मीको लक्ष्यमा गरीबी तगारो, सहयोगको आवश्यकता

Published on 10:22:00 PM //

जनार्दन घिमिरे
संपर्क बिहिन बाबु, ढुङ्गाको भारी बोक्दै जिविका चलाऊने आमा, जम्मा आधा रोपनी खेत तर उच्च शिक्षा लिएर जीवन बदल्ने महङ्गो सपना । गुल्मीको सिमिचौरबाट प्रथम श्रेणिमा एस.एल.सी परिक्षा उत्तिर्ण लक्ष्मी हमाल अहिले यस्तो बिषम परिस्थितीको चेपोमा पर्ने थुप्रै एस.एल.सी ग्र्याजुएट मध्यकी एक हुन । जिल्ला सदरमुकाम तम्घास नजिकै रहेको सिमिचौर स्थित भागवती माद्यामिक बिद्यालयबाट एस.एल.सीमा ६९ प्रतिशत अङ्क सहित उत्तिर्ण लक्ष्मीसँग एउटै दिन एस.एल.सी ग्र्याजुएट भएका दुई लाख साढे ३० हजार विद्यार्थी जस्तै जीवनब्रित्तीको सपना नभएको होइन । तर, बिपनाका यस्ता अल्झोले अघी बढ्नबाटै रोक्ने डर छ, उनलाई ।
"पढ्न पाए असल शिक्षिका बनेर गाउँमै सेवा गर्ने धोको छ", लक्ष्मी भन्छिन । उनको सो धोको पुरा गर्ने जिम्मेवेरए भएका उनका बुवा कमाउन भनी भारत पसेका छन तर बाबुको कुनै अत्तोपत्तो छैन । "आमाले ढुङ्गाको भारी बोक्दै र मेलापात गरेर जेनतेन एस.एल.सी सम्म त पढाईन अबको पढाई खर्च कसरी धान्ने ?", यस्तै प्रश्नको घेरामा छिन, लक्ष्मी । आमा, बहिनी र भाईको जिबिकाको प्रश्न तड्कारो समस्या बनेको छ । कमजोर आर्थिक अवस्थाका कारण कक्षा ६ मा पढ्दै गरेकी बहिनिले दुई बर्ष अघी पढाई छोड्नु परेको घाऊ पनि आलै छ । बाबु भेष बहादुर हमाल ६ बर्ष अघी कमाउन भारत पसेका थिए । उनको कमाइ त के मुखै सम्म देख्न पाएको छैनन लक्ष्मीले अहिले । भेष बहादुर परिवारसँग संपर्क बिहिन छन । साँझ बिहानको छाक उनिहरुसँग केवल आधा रोपनी मात्रा जग्गा छ । सधैं आमाले अरुको मेलापात गरी ढुङ्गा बोकेर लक्ष्मीलाई एस।एल।सीसम्म त पढाईन तर उच्च शिक्षा पढाउन भने उनिसँग कुनै उपाय छैन । लक्ष्मी आफुलाई पढ्नका लागि सहयोग गर्ने कुनै संघ सँस्था भए खोजिदिन संचारकर्मीसँग आग्रह समेत गरेकी छन । "पढ्ने अवसर पाएमा केही गर्न सक्छु भन्ने विश्वास छ", लक्ष्मी भन्छिन, "कसैबाट सहयोग नपाए पढ्ने रहर मनमै लुकाउन वाध्य हुनेछु । त्यसपछी सिलाई कटाइ गरेरै भएपनी जीवन जिउनेछु ।" स्थानीय समाजसेवी जय प्रसाद अर्याल भने यस्ता प्रतिभालाई सहयोग गर्नुपर्ने पक्षमा छन । उनले दश जना साथीबाट एक-एक हजार उठाएका छन तर यती रकमले लक्ष्मीको पढाई खर्च नपुग्ने भएकाले उनले थप सहयोगको लागि सबैसँग आग्रह गरेका छन ।        

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग