Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोला ओगट्नेको लाइसेन्स खारेज गर्न आग्रह

Published on 9:30:00 PM //

घनश्याम गौतम 
खोला ओगटेर आयोजनाको काम अगाडि नबढाउनेको लाइसेन्स खारेज गर्न स्थानीय बासिन्दाले सरकारसँग आग्रह गरेका छन् । विद्युत् उत्पादनका लागि उपयुक्त जिल्लाका सबै खोला ठेकेदारहरूले दर्ता गरेपछि ऊर्जा मन्त्रालयले सुरु गरेको 'जनताको जलविद्युत्' कार्यक्रममा लगानी गर्न पाउनुपर्ने माग गर्दै स्थानीय व्यवसायीले त्यस्तो माग गरेका हुन् ।
विद्युत् उत्पादनको सम्भावना भएका यहाँका बडीघाट, हुग्दी, दरम, निस्ती, छल्दी, लुम्दी, रिडी, पनाहा, मिदीलगायत सबै खोला ठेकेदारले दर्ता गरेका छन् । स्थानीय खोलाहरूमा विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन गर्न विद्युत् विकास विभागबाट आएको इन्जिनियरहरूको टोलीसमक्ष दर्ता गरेर काम सुरु नभएका विद्युत् परियोजनाहरूको लाइसेन्स खारेज गरी स्थानीयले विद्युत उत्पादन गर्ने वातावरण मिलाइदिन आग्रह गरे । उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले व्यवसायीहरूले लगानीको अवसर नपाउँदा आम्दानीको अधिकांश रकम अनुत्पादक काममा खर्च गर्न थालेको बताए । 'जनताले जलविद्युत्मा लगानी गर्ने अवसर पाए जिल्लामै एक सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिन्छ,' उनले भने, 'खोला ठेकेदारको झोलामा परिसकेकाले परियोजना कार्यान्वयनमा समस्या देखिएको छ ।' दर्ता भएका खोलाहरूको लाइसेन्स खारेजी प्रक्रिया सुरु गरेर सम्भाव्यता अध्ययन भएको खण्डमा व्यवसायीहरूले जिल्लामै करोडौं लगानी गरेर विद्युत् उत्पादन गर्न सकिने उनले बताए ।जिल्लाका हुग्दी खोलाका विभिन्न स्थानबाट ४, बडीघाटबाट १२, पनाहा खोला ३, जुम्दीखोला ३, छल्दीखोलाबाट ४ मेगावाटभन्दा बढी विद्युत् उत्पादनका लागि भन्दै ९ व्यक्ति र कम्पनीले खोला वषौर्ंअघि दर्ता गरेको पनि कसैले उत्पादन सुरु गरेका छैनन् । त्यस्तै बडीघाटका विभिन्न स्थानबाट झन्डै ६०, हुग्दीखोलाबाट ५, मिदीखोलाबाट ३, निस्तीबाट ५, पनाहाबाट ३, दरमखोलाबाट ४ मेगावाट विद्युत् उत्पादनका लागि विभिन्न २१  कम्पनी र व्यक्तिले अनुमति माग गरेका छन् । ऊर्जामन्त्री गोकर्ण विष्टले स्थानीय व्यवसायीले जनताको जलविद्युत् परियोजनामा लागनी गर्ने तत्परता देखाए ठेकेदारका लाइसेन्स खारेज गरेर उत्पादनको जिम्मेवारी दिने बताए । 'स्थानीय स्रोत साधनको उपयोग गरेर स्थानीयले फाइदा लिने गरी परियोजना कार्यान्वयन गर्न लागिएकाले खोला दर्ता भएकै कारण कुनै समस्या हुँदैन,' मन्त्री विष्टले भने ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग