Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नयाँगाउँका सबै घरमा शौचालय

Published on 4:03:00 PM //


घनश्याम गौतम
नयाँगाउँका सबै घर परिवारले पक्की शौचालय निर्माण गरेका छन् । सिंगो गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गर्ने उद्देश्य अनुरुप नयाँगाउँका १ हजार ४६ घर धुरीमा शौचालय निर्माण अभियान तिब्र पारिएको थियो ।
शौचालय निर्माण अभियान संचालन गरेको जनज्योति कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अनुसार गाविसका १ हजार ३५ घरमा शौचालय निर्माण कार्य सम्पन्न गरेको हो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक सहयोगमा शौचालय निर्माण गरिएको संस्थाका अध्यक्ष शंकर कुँवरले बताए ।
बाँकी ११ घरमा पनि छिट्टै शौचालय निर्माण गरेर नयाँगाउँलाई खुल्ला दिशामुक्त गाउँ घोषणा गरिने कुँवरले बताए । जिल्ला परिषदले समेत यस वर्ष खुल्ला दिशामुक्त घोषणा गर्ने गाउँलाई १ लाख थप अनुदान दिने घोषणा गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग