Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिजुली बाल्न करीब ८ करोड स्वीकृत

Published on 3:27:00 AM //


पि.एम.मगर 
गुल्मीको अति विकट गाविसहरु नेटा, दर्लिङ्ग र ह्वाङ्दीको सामुदायिक बिद्युत लागि करिव ८ करोड रकम स्वीकृत भएको छ । सामुदायिक ग्रामिण विद्युतीकरण विभाग वुटवलवाट ७ करोड ६७ लाख ३४ हजार रुपैयां स्वीकृत भएको एकीकृत नेकपा माओवादीका नेता एवं गुल्मी क्षेत्र नं. ३ का सभाषद चन्द्रवहादुर थापा सागरले जानकारी दिनुभयो ।
यस अघि २०-८० को कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतमा सरकारवाट ८० प्रतिशत र स्थानीय उपभोक्तावाट २० प्रतिशत व्यहोर्ने गरेकोमा वर्तमान सरकारले १०-९० को कार्यक्रम ल्याई सामुदायिक विद्युतमा ९० प्रतिशत सरकार र उपभोक्ताहरुवाट जम्मा १० प्रतिशत रकम व्यहोर्नुपर्ने भएकाले स्थानीयवासीले कम लगानीमा विद्युत वाल्न सक्ने सभाषद सागरले वताउनुभयो । जिल्ला विकास समितिले २.५ प्रतिशत रकम व्यहोर्ने भएकोले नेटा, दर्लिङ्ग र ह्वाङ्दीका उपभोक्ताहरुले जम्मा साढे ७ प्रतिशत मात्रै व्यहोरे पुग्ने वताईएको छ । 
त्यस्तै जिल्ला विकास समितिले गुल्मी क्षेत्र नं. ३ को अर्को ठुलो योजना दमार्नी इश्मा खानेपानी योजनामा समेत २.५ प्रतिशत अनुदान दिने सम्झौता भएपछि स्थानीयवासीमा हौसला वढेको छ । उक्त विद्युतीकरण योजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भईसकेको उक्त योजनाका अध्यक्ष नरवहादुर श्रीसले वताउनुभयो । योजना सञ्चालनका लागि निस्ती वडीघाट विद्युत सहकारी संस्था लिमिटेड नेटा गुल्मीले हालसम्म प्रति शेयर सदस्य एक हजारदेखि पाँच हजारसम्मका दरले करिव ३० लाख रकम उपभोक्ताहरुवाट संकलन गरिसकेको योजनाका सचिव दिपक श्रीसले जानकारी गराउनुभयो ।
हालसम्म अध्यारो रहेको नेटा, दर्लिङ्ग र ह्वाङ्दीमा आगामी दुई वर्ष भित्र उज्यालो हुने सभाषद सागरले वताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग