Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आमाहरुले बनाउने भए प्रतिक्षालय

Published on 3:33:00 AM //


विष्णु पौडेल
जनसेवा आमा समुह वामी २ गुल्मीको भेला शनिबार सम्पन्न भएको छ । समुहका अध्यक्ष महालक्ष्मी श्रेष्ठको अध्यक्षता रहेको भेलाले वामि हेल्थपोष्ट नजिकै करिब ३ आना सार्वजनिक जग्गामा सार्वजनिक प्रतिक्षालय निर्माण गर्ने निर्णय गरेको छ । प्रतिक्षालय निमार्णको लागि भेलाले झण्डै २ लाख रकम लाग्न सक्ने अनुमान गरेको छ । प्रतिक्षालय निर्माणका लागि जिल्ला विकास समिती गुल्मीबाट बिनीयोजित ७५ हजार रुपौँया र आमा समुहमा संकलित ६० हजार लगानी गर्ने गरि बाकिँ श्रमदान तथा चन्दा संकलन गरि प्रतिक्षालय निमार्ण गरिने समुहले जनाएको छ । भेलामा वडाका राजनितिक दल, समाजसेवी, वुद्धिजिवी, व्यापारी र सञ्चारकर्मीको उपस्थिती रहेको पत्रकार लोक प्रसाद छन्त्यालले जानकारी दिनु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग