Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तास खेल्ने चार जना पक्राउ

Published on 2:30:00 AM //


घनश्याम गौतम
तम्घासमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । तम्घासको अमृत गेष्ट हाउसमा तास खेल्दै गरेका छापहिले गाविस–२ का हरीलाल थापा, अर्जै गाविस–६ का रणबहादुर नेपाली, छापहिले गाविस–२ कै अशोक जि.सी. र पौदीअमराई गाविस–३ का धर्म थापालाई पक्राउ गरी कारवाही शुरु गरेको हो ।
प्रहरीले पक्राउ गरेका चारै जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जनाएको छ । प्रहरीले तास खेल्दै गरेको स्थानबाट २ हजार ६ सय रुपैंया समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग