Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आजदेखी गुल्मीन्युज पाँच बर्षमा

Published on 3:37:00 AM //

खासै धेरै त भए जस्तो लाग्याथे'न तर पनि हेर्दा हेर्दै ४ बर्ष बिती सकेछ ब्लग जगतको नौलो संसारमा नयाँ पाइला राख्दै बिद्युतिय तरङ्गमा तरङ्गित हुन सुरु गरेको । २००७ को आधाआधी तिर रमाईलै रमाइलोमा ब्लगरमा मगरभाई नामको ठेगाना दर्ता गराई शुरु भएको ब्लग यात्रा  गुल्मीदर्शन हुँदै चार बर्षे यात्रा छिचोली अहिले गुल्मीन्युज डट कम सम्म आई पुगेको छ ।  तपाईंहरुकै मायाले, हौसलाले अनी प्रेरणाले गर्दा नै गुल्मीन्युज ब्लग यात्राको चौँथो बसन्त पुरा गरी आजकै दिन देखी पाँचौ बसन्तमा प्रवेश गरेको छ । छाती गर्वले फुलेको छ । गुल्मीन्युजको सधैं प्रगती चाहने, यसलाई अघी बढ्न अभिप्रेरित गर्ने र उत्प्रेरणा जगाउने सबैलाई धेरै धेरै धन्यवाद ।

तपाईंहरुकै माया-ममताका कारण यो चार बर्षे यात्रा एकदमै स्मरणिय, उल्लास्पूर्ण र समग्रमा सफल बन्न पुग्यो । गुल्मीन्युजको लागि तपाईंहरुले जुन आत्मिय बातावरण सिर्जना गरिदिनुभयो त्यसको लागि धेरै धेरै आभारी छु । अब त यसलाई त्यही आत्मियतामा जिउने बानी परिसकेको छ । विश्वस्त छु यो आत्मियता सदैब रहिहनेछ ।

समय बित्न कत्ती नै बेर लाग्दो रहेछ र ? शुरुमा रमाइलो अथवा भनौँ टाईम पासको लागि शुरु गरेको थिँए गुल्मी न्युज, मगर भाईको ठेगानामा जुन पछी गुल्मी दर्शन बनाइयो र अहिले आफ्नै डोमेनमा गुल्मी न्युज बनेर चिनिएको छ ।  शुरुमा फाट्ट फुट्ट जे पायो त्यही पोस्ट गरेर केही महिना गुज्रियो । अनी बिस्तारै आफ्नै गाउँठाँउको गतिबिधी पोस्ट गर्न थालेँ । त्यस्पछी त धेरै जनाले यस प्रती रुची देखाउन थाल्नुभयो । बिदेशका थुप्रै ठाउँहरुबाट पनि भिजिट हुन थालेछ यो ब्लग । आफु घर बाहिर बसेर पनि आफ्नै गाँउ ठाउँको गतिबिधी पढ्न पाउँदा खुशी लागेको बताउदै देश बिदेशबाट थुप्रै कमेण्टहरु आउन थाले । अनी फाट्ट रुपमा जे पायो त्यही पोस्ट हुने गुल्मीन्युजमा निरन्तर रुपमा सम्भब भएसम्म गुल्मी जिल्ला र गुल्मेलीहरुका गतिबिधिहरु पोस्ट हुन थाले । जागिर नभएकाले फुर्सदै हुन्थ्यो । आफ्नै कम्प्युटर थिएन । घण्टाको २०-२५ रुपैया तिरेर साइबर धाउनै पर्ने बाध्यता थियो गुल्मी न्युज अप्डेट गर्न ।

पछी २००८ को शुरु तिर जागिर शुरु गरेपछी भने ब्यस्तताले च्याप्न थाल्यो । बिहान कलेज अनी दिउँसो र बेलुका काम । एक्लै कता कता भ्याउनु ? गुल्मी न्युजलाई बन्द गर्ने मनस्थिती बनाँएको पनि थिएँ । तर बन्द नगर्न अनुरोध गर्दै दिनदिनै थुप्रै ईमेलहरु आउन थाले पछी चाहेर पनि बन्द गर्न मिलेन गुल्मीन्युजलाई । फेरी त्यही फाट्ट फुट्ट पोस्ट गर्ने क्रम शुरु भयो । आरआर क्याम्पसमा पत्रकारिता पढ्दै थिएँ । पछी थाहा भयो मिडियाको विद्यार्थीले त रेडियो, टेलिभिजन, पत्रपत्रीका वा अन्लाईन मिडिया मध्य कुनै एक मिडियामा इन्टर्न्शिप गर्नै पर्ने रहेछ । धेरै साथीहरु देशकै चर्चित संचारमाध्यामहरुमा इन्टर्न्शिप गर्न तिर लागे । तर मेरो लागि भने यही गुल्मीन्युज इन्टर्न्शिप गर्ने थलो बन्यो । राम्रै मान्नु भयो शिक्षक ॠषिकेश दाहालले पनि । ब्लग राम्रो छ, अघी बढ्दा हुन्छ भनेर हरियो झन्डा देखाउने काम गरिदिनुभयो ।

बिदेशीए पछी त खुबै गार्हो हुन्छ होला ब्लग अप्डेट गर्न जस्तो लागेको थियो । तर बिहान र दिउँसोको पढाई अनी बेलुकाको कामको बाबजुद पनि बातावरण बनिरहेको छ । राम्रै साथ दिईरहनु भएको छ सबै जनाले । बेलाबेलामा समाचार, तस्बिर र लेख रचना पठाएर सहयोग गर्नुहुने सम्पूर्ण मित्रहरु प्रती आभार प्रकट गर्दै अन्य सबैमा हार्दिक धन्यवाद ।

गुल्मीन्युज लाई यहाँ सम्म ल्याई पुर्याउन स्वंयसेवीय रिपोरर्टिङ गरी सहयोग पुर्‍याउनुहुने रेडियो स्काई, रेडियो रेसुङ्गा र रेडियो गुल्मीका  घनश्याम गौतम, जनार्दन घिमिरे, गगनशिला खड्का, तारा भुषाल, पिएम मगर त्यसै गरी गंगाराम पाण्डे, बिशाल भट्टराई, सिता भण्डारी, सन्जु थापा, प्रतिक्षा शर्मा, बिष्णु पौडेल, मनोज बस्नेत, शोभा आचार्य, शिवलाल सुबेदी लगायतका साथीहरुप्रती हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु । त्यसैगरी नियमित रुपमा सल्लाह, सुझाब दिँदै अघी बढ्न प्रेरित गर्नुहुने गुल्मी उधोग बाणिज्य संघ गुल्मीका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, कृष्ण प्रसाद पोख्रेल, राजेन्द्र प्रसाद श्रेष्ठ लगायत सम्पूर्ण पदाधिकारी, नेपाल पत्रकार महासंघ, गुल्मी, यसै गरी गुल्मी जिल्ला समाज युकेका अध्यक्ष ओम प्रसाद थापा लगायत सम्पूर्ण पदाधिकारीहरु, गुल्मी संपर्क समिती दक्षिण कोरीयाका अध्यक्ष गान्दिब शुबेदी, गुल्मी सेवा समाजका अध्यक्ष द्रोण बस्नेत, समाजकै यदुनाथ ज्ञवाली प्रती पनि हार्दिक आभार प्रकट गर्दछु ।

युट्युबमा भिडियो अपलोड गरी गुल्मीन्युजको प्रचार प्रसारमा सहयोग पुर्‍याउनुहुने मित्र दुर्गा प्रसाद खराललाई पनि धेरै धेरै धन्यवाद । गुल्मी जिल्लालाई कर्मथलो बनाई पत्रकारिताको माध्यमबाट समाजमा योगदान पुर्याउने ब्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले स्थापित गुल्मीन्युज पत्रकारिता पुरस्कारको प्रायोजन गरेर सहयोग पुर्याइदिनुहुने धर्म भण्डारी प्रती पनि आभार प्रकट गर्दछु ।        

नियमित रुपमा पेज भिजिट गर्दै गुल्मी न्युजमा लेख, रचना, बिचार, समाचार, कमेण्ट पठाई सहयोग पुर्‍याउनुहुने तपाईं सम्पूर्ण पाठक मित्रहरुलाई पनि बिशेष-बिशेष धन्यवाद दिँदै कृतज्ञता प्रकट गर्न चाहन्छु ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग