Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गौतम र खड्कालाई गुल्मीन्युज पत्रकारिता पुरस्कार

Published on 2:37:00 AM //

गुल्मीन्युज डट कम चौँथो बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गरेको अवसरमा २ जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । गुल्मी जिल्लालाई कर्मथलो बनाई पत्रकारिता मार्फत योगदान पुराए बापत पत्रकारद्वय घनश्याम गौतम र गगनशिला खड्कालाई गुल्मीन्युज पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । गुल्मी जिल्ला रुपाकोट गाविस दमुका स्थाई घर भई लामो समय देखी फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा रेस्टुरेन्ट ब्यवसाय गर्दै आउनुभएका धर्म भण्डारीले प्रायोजन गर्नु भएको उक्त पुरस्कारको राशी नगद रु. १०,००२।- र प्रमाणपत्र रहेको छ ।
बिगत लामो समय देखी स्थानिय स्तरका समाचार तथा खोजमुलक सत्य तथ्य गतिबिधिहरु नियमित रुपमा सम्प्रेषण गरी ब्यवसायीक पत्रकारिता मार्फत समग्र जिल्लालाई योगदान पुर्याए बापत गौतम र खड्कालाई पहिलो पटक उक्त पुरस्कार प्रदान गरिएको हो । गुल्मी न्युज डट कम सन्चालनको केही समय पश्चात देखी निरन्तर गुल्मीन्युजमा स्वंयसेवीय रिपोर्टिङ गरी सहयोग पुर्याउँदै आउनुभएका गौतम कान्तिपुर र खड्का नयाँ पत्रीका अनी रेडियो गुल्मीमा कार्यरत हुनुहुन्छ ।
यस बर्ष देखी शुरु गरिएको गुल्मी न्युज पत्रकारिता पुरस्कार निरन्तर रुपमा आगामी बर्षहरुमा पनि गुल्मी जिल्लालाई कर्मथलो बनाइ पत्रकारिता मार्फत समाजमा योगदान पुर्‍याउनुहुने ब्यक्तित्वहरुलाई प्रदान गरिनेछ ।
(यस बर्षको पुरस्कार प्रायोजन गरिदिनुभएकोमा धर्म भण्डारी ज्यू प्रती बिशेष आभार प्रकट गर्न चाहन्छु । -सन्जु काउछा)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग