Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘ऋण दिएको पैसा पाए जग्गा फिर्ता दिने’

Published on 7:46:00 PM //

घनश्याम गौतम
पाँच लाख ५८ हजार ४ सय ४९ रूपैंयाको दृष्टिबन्धकमा रहेको ४१ रोपनी जग्गा आफ्ना नाममा बनाएका तम्घास-१ उदिनढुङ्गाका खेमनाथ उपाध्याय निरौलाले आफुले जग्गा फिर्ता गर्न चाहेको बताएका छन् । 
हस्तिचौर-२ का मृतक खड्गबहादुर बोहोराको नाममा रहेको ४१ रोपनी ११ आना १ पैसा ३ दाम जग्गाको हक लाग्ने विवाहित छोरीलाई मरेको कागजात बनाएर र ६५ बर्षिय बृद्धा खगी बोहोरासंग निरौलाले मिलापत्र गरेपछि २०५० साल देखि दृष्टिबन्धकमा रहेको जग्गा निरौलाको नाममा दाखा नामसारी गरिदिन अदालतले आदेश दिएको थियो । 
निरौलाले आफुले दिएको ऋण ३ लाख ७५ हजारको अदालतको २०५६ सालको निर्णय अनुसारको साँवा र ब्याज समेतको पाँच लाख ५८ हजार ४ सय ४९ रूपैंया पाएमा जग्गा लिन नचाहेको बताएका हुन् । ‘मलाई जग्गा चाहिएकै छैन’, संचारकर्मीहरूसंग निरौलाले भने, ‘मलाई मेरो ऋणको ब्याज समेतको ५ लाख ५८ हजार ४ सय ४९ रूपैंयामा मात्र मेरो हक हो ।’ उनले अदालतमा मिलापत्र अघिको फिराद दावी वापतको धरौटी  १ लाख ५० हजार रूपैंया समेत खगी बोहोरा आफैले बुझेको भन्दै त्यो पनि फिर्ता पाउनु पर्ने दावी गरेका छन् । 
निरौलाले आफुले खड्ग बोहोरालाई दिएको श्रृण वापतको पैसा नपाएकै कारण जग्गा नामसारी गर्नु परेको बताए । खड्ग बोहोराको नाममा रहेको र निरौलाको नाममा दृष्टिबन्धक गरिएको सबै जग्गा नामसारी भएपछि बोहोराको हक लाग्ने श्रीमती खगी बोहोराले आफुले मिलापत्र अनुसार जग्गा र रकम नपाएको भन्दै र उनकी सौतेनी छोरी फुर्सी भन्ने लालकुमारी अधिकारी आफु जिंउदै हुँदै मरेको बनाएर बाबुको अंशबाट बञ्चित गरिएको भन्दै हारगुहार गरेका थिए । 
खड्ग बहादुरीकी एक मात्र जिवित श्रीमति खगीले भने आफुले लेखपढ गर्न नजानेकोले धेरै ठाउँमा ल्याप्चे लगाउन लगाई सबै जग्गा नामसारी गरेर अन्याय गरेको बताउँदै आएकी छन् । मिलापत्रको समयमा आफुलाई खेत वा घर सहितको जग्गा र १ लाख ५० हजार दिने बताएको तर पछि नदिएको बताएकी छन् । सोही सम्बन्धी समाचार कान्तिपुरमा प्रकाशित भएको थियो । 
निरौलाले खड्ग बोहोराको सबै जग्गा आफ्ना नाममा आएपनि जिउँदै रहेकी र जग्गाको हक लाग्ने फुर्सी भन्ने लालकुमारीलाई मरेको कागजात बनाइएको विषयमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरे ।दृष्टिबन्धमा रहेको जग्गा मिलापत्रपछि आफ्नो नाममा एकलौटी रूपमा दाखा नामसारी हुनेगरी मालपोत कार्यालयलाई लेखोट समेत गरी पाउँ भन्ने निवेदन दिएका थिए । 
निवेदनका आधारमा जिल्ला न्यायाधिश खडानन्द तिवारीले निरौलाका नाममा नामसारी गर्दा अन्य हक लाग्ने कोही नदेखिएको भन्दै मालपोत कार्यालयलाई माग बमोजिम मुद्धाको लागत कट्टागरी मिसिल नियमानुसार अभिलेख फाँटमा बुझाई दिन आदेश दिएका थिए ।  अदालतमा मुद्धा दर्ता गर्ने पक्ष निरौलाले पेश गरेको जग्गाको हक लाग्ने खगीकै अर्की सौतेनी छोरी फुर्सि भन्ने लालकुमारी अधिकारीको मृत्यु भैसकेको भन्ने व्यहोराको कागजमा निरौला, प्रतिवादी भनिएकी खगी बोहोरा र रोहबरमा मृतक भनिएकी लालकुमारीकै बहिनी राधिका के.सी.ले संयुक्त हस्ताक्षर गरेका छन् । भने हस्तिचौर गाविस सचिक कृष्णबहादुर रायमाझीले जिउँदै भएकी व्यक्तिलाई मरेको भन्दै सिफारिस गरिदिएका छन् । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग