Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उद्योगी व्यवसायी जलविद्युतमा लगानी गर्न इच्छुक

Published on 7:48:00 PM //

विष्णु पौडेल
गुल्मीका उद्योगी तथा व्यवसायीले लगानीको वातावरण वनेमा आफुहरु जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको वताएका छन् । अहिले लगानीको वातावरण नभएको भन्दै लगानीको वातारण सिर्जना गर्न पनि आग्रह गरेका छन् । उनीहरुले अहिले लगानीको उपयुक्त क्षेत्रको पहिचान हुन नसक्दा धेरैले  घर निर्माणमा पैसा लगाएको वताए । 

उर्जा मन्त्रालयको जनताको जलविद्युत परियोजना सम्बन्धि जिल्ला विकास समिती गुल्मीले तम्घासमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागी उद्योग व्यवसायी, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले यस्तो वताएका हुन् । उनीहरुले विद्युत उत्पादनका  लागि ठेकेदारहरुले जिल्लाका अधिकांश  खोला दर्ता गरेको भएपनि काम शुरु नगरेको हुदा त्यस्ता खोला दर्ता खारेजी नभएसम्म अन्य विद्युत उत्पादनको सम्भावना नरहेको समेत बताए ।

कार्यक्रममा उर्जा मन्त्रालयको विद्युत विकास परियोजनाबाट आएका हाइड्रो इन्जिनियर दिपक सिंहले गुल्मी जिल्लामा ३ देखि २५ मेगावाट सम्मका विद्युत उत्पादनको सम्भाव्यता प्रसस्तै रहेको भन्दै त्यसमा स्थानीयले नै लगानी गर्न सके परियोजनाहरु दिगो र प्रभावकारी हुने बताउनु भएको थियो । इन्जिनियर सिंहले जनताको जल विद्युत परियोजना यसै बर्ष देखि उर्जा मन्त्री गोकर्ण विष्टले शुरु गर्नु भएको र यसले स्थानीय स्तरमा साना योजनाहरु स्थानीय साधन स्रोतको उपयोग गरेर स्थानीयकै लगानीमा निर्माण गर्न सकिने भएकाले ग्रामिण क्षेत्रमा यसको प्रभावकारीता बढी भएको बताउनु भएको थियो । त्यस्ता परियोजनाहरु स्थानीयले संचालन गर्न अग्रसरता देखाएमा सरकारले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । 

उहाले सरकारको लगानीको मात्र भर परे नेपालमा चौविस घण्टामा बाइस घण्टासम्म लोडसेडिङ हुने भन्दै जलविद्युत निर्माणमा निजी क्षेत्रकेा भुमिका अपरिहार्य रहेको औल्याउनु भयो । अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायी, राजनितीका दलका प्रतिनिधी विभन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधी, नागरिक समाज पत्रकार, लगायतको उपस्थिती रहेको थियो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग