Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित किशोरी बलात्कारी बाहुन युवा जेल चलान

Published on 7:41:00 PM //

केहि दिन अघि एक दलित किशोरी बलात्कार अभियोगमा पक्राउ परेका गुल्मी नेटा गाविसका एक बाहुन युवा जेल चलान भएका छन् । गत बैशाख २१ गते दिउँसो वाग्लुङको खारमा गुल्मीको नेटा २ निवासी १४ वर्षीय रमिता नेपाली नाम परिवर्तन लाई वलात्कार गरेको अभियोगमा पक्राउ परेका नेटा १ का १८ वर्षीय नारायण मरासिनी गुल्मी जिल्ला अदालतले सात वर्ष कैद सजाय र २५ हजार पिडित किशोरी लाई क्षतिपुर्ति दिलाई जेल चलानको फैसला गरेको हो । 

किशोरीका घर परिवार विपन्न भएकोले उनी खारा स्थित एक घरमा कामदारको रुपमा बस्दै आइरहेकी थिईन । उक्त दिन निज मरासिनीले दाउराको भारी लिएर आउदै गर्दा आफुलाई दाउराको भारि विसाउन लगाई नजिकैको गोठ भित्र लगेर जवजस्ती करणी गरेको किशोरीले वताएकी छन् भने मरासिनीले भने सहमतिमा सम्वन्ध राखेको जिकीर गर्दै आईरहेका छन् । सहमतिमै सम्वन्ध राखेपनि १६ वर्ष मुनिका किशोरीले उजुरि गरेमा ६ देखि १० वर्ष सम्म कैद हुने कानुनि प्रावधान रहेको कानुन विदहरु बताउछन् ।



कृष्णसेन अन्लाईनबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग