Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तरकारी बेचेरै वार्षिक ढेड लाख

Published on 12:26:00 AM //

गुल्मी जिल्लाको अम्मरपुर गाविसका एक कृषकले व्यवसायीक तरकारी खेती गरेर बार्षिक एक  लाख पचास हजार रुपैया आम्दानी गर्ने गरेका छन् ।
जिल्लाको पश्चिम क्षेत्रमा  पर्ने अम्मरपुर गाविस वडा नम्बर ३ चौरासी  निवासी ५२ बर्षिय रामप्रसाद खनालले तरकारी खेतीबाट राम्रै सफलता पाएका हुन् ।
उनले तरकारी खेतीबाट भएको आम्दानीबाट आफ्नो घर खर्च चलाउनुकासाथै राम्रँे रकम बचत गर्न समेत गर्ने गरेका छन् । उनले तरकारी खेती गरेरै दुइ छोरा र एक छोरीलाई उच्च शिक्षा पढाइरहेका छन ।
तरकारी खेतीबाट सफलता पाए पनि तरकारीको बजार भने दिनप्रतिदिन खस्कदो गतिमा रहेकोले उनलाई चिन्ता थपेकोे छ । व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानलाई उचित तालिम र ज्ञानको व्यवस्था गर्न भए राम्रो हुने उनले माग छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग