Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

थापाको हत्या भएको माओवादीको दावी

Published on 9:41:00 PM //


सीता भण्डारी
हिजो गुल्मीको जैसिथोकमा मृत अवस्थामा फेला परेका एकीकृत नेकपा माओवादी धुर्कोट रजस्थल गाउँ कमिटी सेक्रेटरी चन्द्रवहादुर थापाको हत्या भएको सो पार्टीको जिल्ला कमिटीले दावी गरेको छ । पार्टीको जिल्ला कमिटीले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी थापाको हत्या भएको दावी गरेको हो । 
पार्टीका जिल्ला सेक्रेटरी अरुण देवकोटाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा थापाको कसैले निर्मम तरिकाले हत्या गरी भिरमा फालिएको विज्ञप्तीमा उल्लेख छ । सो पार्टीले थापाको उच्च मुल्याङ्कन गर्दै उनको भुमिकावाट अत्तालिएर स्थानीय केही व्याक्तिहरुले हत्या गरेको आशंका गर्दै घटनाको सत्य तथ्य पत्ता लगाई हत्यारालाई कडा कारवाही गर्न संवन्धित निकाय समक्ष जोड्दार माग गरेको छ । 
आईतवार धुर्कोटस्थित कोटमा पर्खाल निर्माणको काम गरी फर्केका थापा स्थानीय एक होटलमा केही व्याक्तिहरुसँग खाजा खाएर वसेको वताईएको छ । यता हत्याको आशंकामा प्रहरीले स्थानीय ८ जना व्याक्तिहरुसँग सोधपुछ तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो । 
थापाको टाउकोमा गम्भिर चोट लागेको र घटना स्थलको प्रकृति हेर्दा हत्या भएको भन्दै संवन्धित निकायले हत्याराको पहिचान र कारवाहीमा तदारुकता नदेखाए आफ्नै पार्टी पंक्तिवाट अनुसन्धान गरी प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग