Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा लघु सिञ्चाई पाइलटिङ्ग परियोजना

Published on 9:40:00 PM //


सीता भण्डारी
देशका तीन जिल्ला मध्ये गुल्मीमा सरकारले लघु सिँचाइ पाईलटिङ्ग परियोजना सञ्चालन गर्ने भएको छ । यस पुर्व गार्डेपले सञ्चालन गरे जस्तै आकाशे पानी संकलन, ट्रेड पम्प, वाटर पम्प र थोपा सिञ्चाई कार्यक्रमहरु सञ्चालन हुने आज एक कार्यक्रमका विच जानकारी गराईएको छ ।
नवप्रभात युवा संघ गुल्मी र तीन सह प्रतिष्ठान काठमाण्डौद्धारा आयोजित लघु सिञ्चाई पाईलटिङ्ग परिचयात्मक कार्यक्रममा यस्तो जानकारी गराईएको हो । सिञ्चाई मन्त्रालय, सिञ्चाई विभाग, सिञ्चाई तथा जलश्रोत परियोजना आई डव्लु आर एम पी कार्यक्रम अन्तर्गत सरकारले कैलाली, वाँके र गुल्मीमा यस कार्यक्रमका लागि भ्याट सहित तीन करोड ८० लाख छुट्टाएको जानकारी गराईएको थियो । यी तीन जिल्लामा आकाशे पानी संकलन टयाङ्की २४ वटा, व्याक्तिगत ट्याङ्की ७४ वटा, थोपा सिञ्चाई र ट्रेड पम्प ६१० र वाटर पम्प ७ सय १२ वटा निर्माण हुने जानकारी गराईएको थियो ।
यस संवन्धमा स्थानीय राजनीतिक दल, जिल्ला विकास समिति एवं विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरुलाई सो कार्यक्रमवारे जानकारी गराउँदै कार्यक्रम सञ्चालनका लागि सुझाव लिईएको थियो । सो कार्यक्रम सञ्चालनको जिम्मा पाएको नव प्रभात युवा संघ गुल्मी र तीन स प्रतिष्ठान काठमाण्डौले भोलीदेखि स्थलगत अध्ययन गरी प्रतिवेदन तैयार पारी सरकारलाई प्रस्ताव पेश गर्ने जनाईएको छ । कृषी विज्ञ तीन सहप्रतिष्ठानका अध्यक्ष कृष्णवहादुर कुवँर र लघु सिंचाई विज्ञ दिपक लोचन अधिकारी लगायतले स्थलगत अध्ययन र कार्यक्रम तय गर्ने जनाईएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले गुल्मीमा गार्डेपले सकारात्मक छाप छाडे जस्तै यस कार्यक्रमले पनि सकारात्मक प्रभाव पार्न सकोस भन्ने शुभकामना दिँदै एनजीओप्रति पर्न गएको नकारात्मक असर यस कार्यक्रमले नपारोस भन्ने सुझाव समेत दिनुभएको थियो । त्यस्तै कार्यक्रमका विशेष अतिथि स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले गुल्मीमा सिञ्चाईको राम्रो व्यवस्था नभएकोले उक्त कार्यक्रम सञ्चालनमा जिल्ला विकास समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । तीन स प्रतिष्ठानका अध्यक्ष कृष्णवहादुर कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रभात युवा संघका अध्यक्ष शंकरप्रसाद पन्तको स्वागत मन्तव्य र संघका जिल्ला प्रवन्धक धतानन्द भुसालको सञ्चालन रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग