Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हरियो झण्डामुनि गर्भवती महिला

Published on 3:45:00 PM //


सीता भण्डारी,
गुल्मीका विभिन्न गाविसमा पुग्दा घरको धुरीमा हरियो झण्डा देखियो भने आश्चर्य मान्न पर्दैन, त्यस झण्डा मुनि गर्भवती महिला छन् भन्ने वुझ्नु पर्दछ ।
गर्भवती महिलाको प्रतिक हरियो झण्डा घरको धुरीमा राखेपछि त्यहाँ पुग्ने स्वास्थ्यकर्मी एवं महिला स्वास्थ्य स्वयंसेविकाले गर्भवती महिलाको स्वास्थ्य अवस्था वुझ्ने अभियानका लागि गुल्मीको एक सँस्थाले यसरी ती गाविसका गर्भवती महिला भएको घर धुरीमा झण्डा गाडेको हो । जिल्ला स्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा एकीकृत ग्रामिण विकास समाज गुल्मीले गत एक महिनादेखि यस्तो अभियान शुरु गरेको थियो । प्रजनन स्वास्थ्य सुदृधिकरणका लागि समता र पहुँच कार्यक्रम अन्तर्गत सो संस्थाले यस्तो अभियान सुरु गरेपछि त्यहाँका अधिकाँश गर्भवती महिलाले आफ्नो र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थावारे जानकारी पाएको र समयमा स्वास्थ्य परीक्षण गराएको वताउनुभयो ।
उक्त समाजले वम्घा र दिगाम सहित जैसिथोक गाविसमा यस्तो कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष गणेश श्रीपालीले वताउनुभयो । विशेष गरी प्रजनन स्वास्थ्यका सम्वन्धमा सचेतनामुलक कार्यक्रम गरिएको अध्यक्ष श्रीपालीले वताउनुभयो । सो संस्था सहित प्रजनन् स्वास्थ्य सुदृद्धिकरणका लागि समता र पहुँच कार्यक्रम राष्ट्रिय ग्रामिण विकास केन्द्र नाडेर्क, सामाजिक जागरण तथा विकास अभियान गुल्मीले जिल्लाका ग्वाघा, फोक्सिङ्ग, खड्गकोट, भुर्तुङ्ग, भनभने, धुर्कोट रजस्थल, वाग्ला, दिगाम, वम्घा र जैसिथोकमा यस्तो कार्यक्रम सञ्चालन गरेको गैर सरकारी संस्था गुल्मीका अध्यक्ष समेत रहेका विष्णुप्रसाद भण्डारीले वताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग