Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुहिने छानामुनि वन्दीहरु

Published on 9:45:00 AM //


सीता भण्डारी,
गुल्मी २० असार, गुल्मी जिल्ला कारागारका वर्षायाम शुरु भए लगत्तै वन्दीहरु चुहिने छाना मुनि रझ्दै र पानीको मुल फुट्ने चिसो भुईमा वस्न वाध्य भएका छन् ।
इन्सेक जिल्ला प्रतिनिधिको अगुवाई मानवअधिार एलाइन्स गुल्मी, क्रान्किारी पत्रकार संघ गुल्मी लगायतका संघ संस्थाले जिल्ला कारागार गुल्मीको अनुगमन गरेको छ । अनुगमन गर्ने क्रममा सरकारले मूल्य वृद्धीको तुलनामा सिदा रकम ०५७ सालदेखि दिनको जम्मा ४५ रुपैयाँ दिएर कैदी तथा वन्दिहरु लाई हेला तथा अपमान गरेको भन्दै नेताहरुले आफ्नो इतिहास नविर्सिन सुझाव दिएका छन् ।
जिल्ला कारागारमा रेडियो, पत्र पत्रिका, टेलिभिजन, खानेपानी, शौचालय, स्वास्थ्य सेवाको यथोचित प्रवन्ध र स्वरोजगारका लागि मुडा बुन्न तथा ढाका बुन्ने व्यबस्था भएपनि ०२३ सालमा स्थापित कारागारको स्रोत
अभावमा मरमत हुन नसक्दा भौतिक संरचाना जिण बन्दै गएकोले कैदी तथा वन्दी र कार्यालय व्यबस्थापनमा समस्या उत्पन्न भएको कायालय प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
घ श्रेणीको जिल्ला कारगारमा कैद तोकिएका ४२ जना पुरुष र चार जना महिला वन्दीहरु गरी जम्मा ४६ जना कैदीहरु रहेका छन् भने कैद नतोकिएका १२ जना पुरुष र १ जना महिला गरी जम्मा १३ जना थुनुवा रहेका छन् । यसरी जिल्ला कारागारमा जम्मा ५९ जना बन्दी तथा थुनुवा रहेका छन । त्यसैगरी एक जना
आश्रित नाबालक पनि छन । कारागारको क्षमता पाँच जना महिला र २० जना पुरुष गरी जम्मा २५ जनाको रहेकोमा क्षमता भन्दा वढी कैदी तथा थुनुवा रहँदा आवासमा समस्या उत्पन्न भएको कारगारका चौकीदार लिलबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँले बर्षातको समयमा छाना चुहिने र मुल पलाउने गर्दा बस्न, सुत्न र खाना पकाउन समेत कठिनाई भएको
बताउनुभयो । अन्य कैदि तथा वन्दीहरुले पठन पाठनको यथोचित व्यबस्था नभएको, स्नान गृह, खेलमैदान, खेलकुद सामाग्री र ढल निकासको उचित व्यबस्था नभएको गुनासो गरेका छन् । अनुगमनका क्रममा कैदी तथा वन्दीहरुलाई पाठ्य सामग्री वितरण गरिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग