Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सदरमुकामकै पसलमा चोरी, शान्ती शुरक्षा फितलो

Published on 1:57:00 AM //


गगनशिला खड्का
गएराती गुल्मीको सदरमुकाम तम्घास बजारको एक पसलबाट नगद सहित करीब २० हजार बराबरको चोरी भएको छ । गुल्मीको सदरमुकाम तम्घास गाविसको वार्ड नं १ मिलनचोक निवासी राम प्रसाद पन्थीको पबित्रा बस्त्रालयबाट नमस्ते मोबाइलको रिजार्जकार्ड सहित २० हजार बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।पसल सञ्चालक राम प्रसाद पन्थीका अनुसार पसलको भित्रपट्टीको ढोका फोडेर चारी गरेको जनाईएको छ ।
घरको मुल चेनगट बन्द गरेको भएपनि घरको पछाडिपट्टीको चेनगेट विग्रेका कारण खला रहेकोले चारी भएको पन्थीले बताउनुभयो । चारी गर्ने ब्याक्तिको खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग