Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी रुद्रवेणी शान्तिपुर सडक साता देखि अबरुद्ध

Published on 1:55:00 AM //


जिल्लाकै बढी व्यस्त रिडी शान्तिपुर सडक एक साता देखि अबरुद्ध हुँदा खाध्यान्न ढुवानी र यात्रु आवतजावतमा समस्या परेको छ ।
सडक खण्डको अस्लेवा कमेरेपानीमा माथिबाट पहिरो खस्न नरोकिएपछि सडक अबरुद्ध हुँदै आएको हो । पाँच दिनपछि मंगलबार केही समय सडक सुचारु भएपनि रातीबाट परेको वर्षाले बुधवार विहानै देखि सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।
रिडी रुद्रवेणी शान्तिपुर र वामीटक्सार सडक जिल्लाका १ नं. निर्वाचन क्षेत्रका २५ गाविस र बाग्लुङ्गका समेत दुई दर्जन बढी गाविसलाई बुटवल पाल्पासंग जोड्ने मुख्य सडक हो । दैनिक १ सय २० भन्दा बढी सवारी साधनहरु ओहोरदोहोर गर्ने सडकमा सडक डिभिजन कार्यालय पाल्पाले बषेर्नी मर्मतमा लाखौं रकम खर्च गर्दै आएको भएपनि सडक सधै अवरुद्ध हुने गर्दछ ।
लामो समयसम्म सडक अबरुद्ध हुँदा त्यस क्षेत्रमा खाध्यान्नको मुल्य दोब्बर हुन थालेको छ । व्यवसायीहरुले बुटवलबाट ल्याएको खाध्यान्न लगायत अन्य सामाग्रीहरु बिचबाटोबाटै फर्काउन बाध्य हुने गरेको बताएका छन् । पानी परीरहेकाले सडक सुचारु गर्न समस्या परेको प्रहरीले जनाएको छ । लामोसमय अबरुद्ध भएको सडक मंगलबार पनि डोजर प्रयोग गरेर खुलाईएको थियो ।
त्यस्तै सडक खण्डकै लुम्दी, उल्र्ली, भार्से लगायतका खोलाहरु बढे पछि बिचबिचमा संचालन हुने गरेका सवारी साधनहरु पनि संचालनमा समस्या परेको व्यवसायीले जनाएका छन् । हुग्दी खोला बढेपछि चोरकाटे वामीटक्सार सडक खण्ड पनि दुई साता देखि बन्द भएको छ । दुई दिन देखिको बर्षाले जिल्लाका अन्य सडकहरुमा पनि क्षति पु¥याएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग