Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रशासनको छड्केमा ४१ कर्मचारी अनुपस्थित

Published on 1:57:00 PM //


घनश्याम गौतम
जिल्ला प्रशासन कार्यालय गुल्मीले आज विहान गरेको छड्केमा विभिन्न कार्यालयका ४१ जना कर्मचारी अनुपस्थित भेटिएका छन ।
त्यस्तै ६० कर्मचारी तोकिएको पोशाक बिनै कार्यालयमा उपस्थित हुने गरेका छन् । प्रशासनका अनुसार छड्केमा अधिकृत स्तरका ११ र सहायक स्तरका ३० गरी ४१ कर्मचारी कार्यालय समयमा अनुपस्थित भेटिएका हुन् । त्यस्तै छड्केकै क्रममा गरिएको पोशाक अनुगनमा पनि ६० जना कर्मचारीले तोकिएको पोशाक नलगाएको अवस्थामा फेला परेको जिल्ला प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले पोशाक नलगाउनेहरुलाई तत्काल लगाउन निर्देशन दिईएको र कार्यालय समयको पालन नगर्नेहरुलाई निजामती ऐन अनुसार कार्वाही अगाडी बढाईएको बताउनु भयो । समयमै कार्यालयमा उपस्थित नुहनेमा जिल्ला प्राविधिक कार्यालयका ९,
जिविसका ७, विद्युत प्राधिकरणका ७, सिंचाईका ४, स्वास्थ्य ३, कृषि २ घरेलु २ र नापीका एक जना छन् । त्यस्तै साउन १ गते देखि नै लागु हुनेगरी अनिवार्य पोशाक तोकिएपनि नापी, खानेपानी, सिंचाई कार्यालयका सबै कर्मचारीहरु पोशाक बिनै उपस्थिति हुने गरेको भेटिएका छन् । 
त्यस्तै अनुगमनका क्रममा स्वास्थ्य कार्यालयका १२, हुलाकका ८ कर्मचारीले आफुखुशी पोशाक लगाएर आउने गरेका छन् । जिल्ला शिक्षा र जिल्ला प्रशासन कार्यालयमा भने सबै कर्मचारी पोशाकमै उपस्थित हुने गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग