Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संरक्षण क्षेत्रको कार्ययोजना बन्दै

Published on 3:12:00 AM //


सांस्कृतिक, पर्यटन तथा जैविक विविधताका लागि उपयुक्त मानिएको मदाने जंगललाई संरक्षण क्षेत्र घोषणापछि मन्त्रालयले कार्ययोजना निर्माण सुरु गरेको छ । सरकारले बाग्लुङ र प्यूठानसमेत ओगटेको मदानेको १३ हजार ७ सय हेक्टर जंगललाई माघमा यसबारे सार्वजनिकीकरण गरेको हो ।

मदाने, थाप्ले सत्यवती, सालिमे, दिब्रुङलगायतका जंगललाई संरक्षण क्षेत्र घोषणा गरेर कार्ययोजना बनाउँदै गरेको वन कार्यालय प्रमुख शिवप्रसाद शर्माले बताए । त्यस्तै १ नं. निर्वाचन क्षेत्रका थाप्ले सत्यवती र सालिमेदह दिब्रुङ क्षेत्रका जंगललाई पनि संरक्षण क्षेत्र घोषणा तयारी भइरहेको छ । शर्माका अनुसार मदानेको संरक्षण र व्यवस्थापन, लोपोन्मुख प्रजाति संरक्षण, जैविक विविधता पहिचान र वन पैदावार उपभोगबारे अध्ययन भइरहेको छ । संरक्षण क्षेत्र बनेपछि आश्रति समुदायको आयस्तर वृद्धिलगायतमा पनि कार्ययोजनाले समेट्ने छ ।वन विज्ञ सरोज कोइराला टोलीले जिल्लास्तर र जंगल क्षेत्रमा छलफल एवं स्थलगत अध्ययन गरी योजना तयार गर्दै गरेको कार्यालयले जनाएको छ । अध्ययन समिति संयोजक चन्दका अनुसार सरकारले वन ऐन, २०४९ को दफा २३ उपदफा १ बमोजिम संरक्षण क्षेत्र घोषणा र थप गर्न लागेका सबै जंगलको रेखदेख, संरक्षण तथा प्राकृतिक स्रोत उपभोग स्थानीय उभोक्ताले नै गर्न पाउने छन् । यसपछि धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि राज्यले लगानी गर्ने, स्थानीय समुदायले खेर गएको जडिबुटी सदुपयोग गरी आयआर्जन वृद्धि गर्न सक्ने र वन संरक्षणका लागि राज्यबाटै राजस्व आउने हुँदा समुदायलाई बढी फाइदा हुने गरी ठूला जंगललाई संरक्षण क्षेत्र घोषणा गरिएको सभासद सुदर्शन बलालले बताए । 'यसले समुदायलाई बढी फाइदा हुनेछ,' उनले भने, 'त्यसको रेखदेखसमेत उनीहरूले नै गर्न पाउने छन् ।'सरकारले संरक्षण क्षेत्र घोषणा र कार्यक्रम सञ्चालनका लागि यस वर्ष ३ करोड रकम विनियोजन गरेको छ । उक्त रकममध्ये आधाभन्दा बढी यस वर्ष जिल्लामा आउने बलालले जनाए । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग