Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला समाज युकेको बैठक सम्पन्न

Published on 2:56:00 AM //


शिब भण्डारी
गुल्मी जिल्ला समाज युकेको कार्यसमितिको बैठक यही जुलाई १७ तारिख कार्नबोरोको मेफिल्ड, कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ । बैठकले गुल्मी जिल्ला समाज युकेलाई च्यारिटी संस्थाको रुपमा दर्ता गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउन संस्थाका उपाध्यक्ष शंकर भण्डारी संयोजक रहेको एक समिति गठन गरेको छ ।
गुल्मी जिल्ला समाजले आउने अगस्ट ७ तारिखमा गर्न लागेको पाँचौं वार्षि भेटघाट एवं विविक्यु पार्टीलाई समाज स्थापनाको पाँचौं महोत्सवका रुपमा भव्यताका साथ मनाउने निर्णय गरेको छ । साथै यसको तयारीका लागि विविध निर्णयहरु पनि गरेको छ । गुल्मी जिल्ला समाज युकेले नेपालमा अपांगहरुको सहयोगार्थ आउने डिसेम्बर ४ तारिख २०११ मा लण्डनमा गर्न लागेको च्याटिरी प्रोग्रामबारे उपाध्यक्षद्वय दुर्गा पाण्डे र मोति भण्डारीले बेठकलाई जानकारी गराउनुभएको थियो । समाजका अध्यक्ष ओमबहादुर थापाको सभापतित्वमा सम्पन्न उक्त बैठकको सञ्चालन महासचिव अर्जुन गौतमले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग