Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ मोटरसाईकल चालकलाई कारबाहि

Published on 4:16:00 PM //

मनोज बस्नेत
सवारी साधन चलाउँदा ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै ट्राफिक प्रहरि गुल्मीले आज ३ वटा मोटरसाईकल चालकलाई कार्वाही गरेको छ । नियम उल्लङ्घन गरेर सवारी चलाउँदा दुर्घटना बढेको भन्दै कार्वाही अभियान चलाएको प्रहरीले आज तम्घासका विभीन्न स्थानबाट ४ वटा मोटरसाईकल चालकलाई कार्वाही गरेको हो ।
विलबुक र लाईसेन्स विना मोटरसाईकल चलाउने लु ७ प ६६३२ नम्बंर को मोटरसाईकल चालक लुम बहादुर विक र लु ७ प ८०७४ नम्बरको डिस्कोभर मोटरसाईकल चालक महम्मत सार्कीलाई पक्राउ गरी जरीवाना गरेर छाडीएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी हेल्मेट नलगाई मोटरसाईकल हाँक्ने लु ५ प २८१० वाई वि एक्स मोटरसाईकल चालकले लाईसेन्स र विलबुक नल्याएकोले नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग