Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नगरपालिका घोषणाको माग

Published on 2:40:00 AM //

गुल्मीको सदरमुकाम तम्घास नगरपालिका घोषणा भएको केहि दिन नपुग्दै संगै सिमा जोडीएको अर्खले गाविस लाई समावेश नगरीएकोमा आपत्ति जनाउँदै नागरिक दवाव समितीले अर्खले गाविसलाई नगरपालिका घोषणा गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय काठमाण्डौलाई ज्ञापन पत्र वुझाएको छ ।

नागरिक दवाव समिती अर्खलेका संयोजक कृष्ण वहादुर पाण्डेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा नेपालले समेत ऐकवद्धता जनाएका छन् । एकल महिलाहरुको उत्थानको लागि उनिहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु पर्नेमा गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् ।

एकल महिला समुह गुल्मीको आयोजनामा तम्घासमा सम्पन्न एकल महिला समुह गुल्मीका मुल सवालहरु बिषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । एकल महिला समुहले बुदाँगत रुपमा तयार पारेका ११ ओटा सवालहरुमा महिला स्वाबलम्बन बचत तथा ऋण सहकारी सस्ंथाकी अध्यक्ष राधा पन्थी, नेकपा एमालेकि प्रतिनीधी नर्मदा भण्डारी, नेपालि काङ्रेस जिल्ला कार्य समिती गुल्मीका सचिव बिष्णु बलाल, एकिकृत नेकपा माओवादिका प्रतिनीधी युवराज केसिले आ–आफ्नो धारण राख्नुभएको थियो ।

त्यस्तै राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिती गुल्मीका अध्यक्ष जिवन राना, जिल्ला प्रहरि कार्यालय गुल्मीका प्रहरि नायव उपरिक्षक रामकुमार बैदवार, तम्घास गाविस सचिव द्रोणराज पन्थी, एकल महिला तम्घासकी अध्यक्ष गगां थापा, उद्योग वाणिज्य सघं गुल्मीका उपाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे लगाएतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

अन्तरक्रियाका सबै वक्ताहरुले एकल महिलाहरुको स्थिती सुधार गर्नको लागि उनिहरुलाई भत्ता मात्र नभई बिभीन्न तालिमहरुको व्यावस्था गर्नुपर्नेमा जोड दिएका थिए । एकल महिलाहरुको उत्साह देखेर आफुहरु उत्साहित भएको भन्दै उनिहरुले अधीकार प्राप्तीको एकल महिलाहरुको आन्दोलनमा आफुहरुको पनि पुर्ण सर्मथन रहेको बताएका थिए । कार्यक्रममा बोल्ने एकल महिलाहरुले आफुहरुलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन हुनुपर्ने माग राखेका थिए ।

कार्यक्रममा रिमुवा, गौडाकोट, अर्खले, तम्घास, चारपाला, सिमीचौर, मुसिकोट, वामिटक्सार लगाएतका गाविसहरुबाट झण्डै २ सय जना एकल महिलाहरुको उपस्थिती रहेको थियो । एकल महिलाहरुको समुह गुल्मीले पहिलो पटक आयोजना गरेको अन्तरक्रिया कार्यक्रम स्थानीय विकास अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यथा, निमीत्त प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको बिषेश आत्थियता, एकल महिला गुल्मीकी अध्यक्ष मिना पन्थीको अध्यक्षता, सहसचिव मिना पन्थीको स्वागत र सचिव अमृता थापाको सञ्चालनमा सम्पनन भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग