Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा मर्नेको सङ्ख्या ३ पुग्यो

Published on 2:34:00 AM //

अपडेट: अस्ती भएको जिप दुर्घटनामा मर्नेको संख्या भुलबश ३ हुन गएकोमा सच्चाइएको छ । वास्तवमा मर्नेको सङ्ख्या २ नै रहेछ । दुर्गाबहादुर भन्ने र जिप मालिक टुङ्गबहादुर नाम उस्तै भएकोले भ्रम पर्न गएकोमा सच्चाइएको छ । -घनश्याम गौतम

घनश्याम गौतम
गुल्मीको आँपचौर गाविसमा आज दिउसो भएको जिप दुर्घटनामा मर्नेको संख्या तिन पुगेको छ ।
वामीटक्सारबाट मजुवा तर्फ आउँदै गरेको लु. १ ज १६९४ नम्बरको जिप गुल्मीकै आँपचौर गाविस–३ झक्कले भन्ने स्थानमा अर्को जिपलाई साइड दिने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्थायी प्रहरी चौकी मजुवाले जनाएको छ ।
प्रहरीका अनुसार जिप मालिक कुर्घा–५ भुवाचिदीका सुब्बा भन्ने टुङ्गबहादुर बाग्लुङ्गबाट सरुवा भै किर्तिपुर काठमाण्डौं जांदै गरेका प्रहरी जवान मनोज आलेको मृत्यु भएको हो । मृतक मध्ये जिप मालिक रायमाझी र प्रहरी जवान आलेको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्गाबहादुर रायमाझीको उपचारका क्रममा रुद्रावती अस्पताल मजुवामा मृत्यु भएको हो ।
प्रहरी जवान आले जलजला–२ बाग्लुङ्गका हुन् । विपरित दिशाबाट आएको जिपलाई साइड दिने क्रममा जिप सडकबाट झण्डै ४० मिटर तल बडीघाट खोला किनारमा खसेको आँपचौर सुचना केन्द्रका अध्यक्ष रुद्रराज खरेलले बताउनु भएको छ । घटनामा गम्भिर घाइते बुर्तिबाङ्ग–१ 
रायमाझी, कुर्घा–३ का दुर्गाबहादुर रायमाझी र बाग्लुङ्गका ३७ वर्षिया होमकुमारी कुँवर, ३५ वर्षिय घनेन्द्र रायमाझी, बुर्तिबाङ्ग–२ का २८ वर्षिय नेत्रप्रसाद पाण्डे र ३८ वर्षिय डिलबहादुर माझकोटीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाईको रुद्रावती अस्पतालले जनाएको छ । घटनामा घाइते अन्य ६ जनाको मजुवामै उपचार भैरहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग