Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

औषधी पसलहरुको अनुगमन

Published on 2:37:00 AM //

लामो समयपछि प्रशासनले सदरमुकाम स्थित औषधी पसलहरुको अनुगमन गरेर म्याद सकिएका औषधीहरु बरामद गरेको छ । उपभोक्ताहरुको हितलाई ध्यान दिंदै सदरमुकाम तम्घासका एक अस्पताल सहित २० औषधी पसलहरुमा अनुगमन गरेको हो । जिल्ला स्थित औषधी पसल, खाध्यान्न तथा खुद्रा पसल लगायतमा पनि कडाईका साथ अनुगमन गरिने प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जग्दीशचन्द्र नेपालीको नेतृत्वमा जिल्ला अस्पतालका डाक्टर हरीबहादुर के.सी., डाक्टर सुन्दर पाण्डे, पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, सुरक्षाकर्मी, लगायतको टोलीले अनुगमनका क्रममा पुतलीबजारको सरु मेडिकल, क्याम्पस रोडको सिता डेन्टल, रेसुङ्गा आयुर्वेदिकबाट म्याद सकिएका औषधीहरु बरामद गरिएको नेपालीले बताए । त्यस्तै अमृत आयुर्वेदीकबाट एलोपेथिक औषधी बरामद गरेको छ ।
अनुगमनका क्रममा राजश्व कार्यालयमा दर्ता नगरिएका, औषधी व्यवस्था विभागबाट स्वीकृत नलिएका, मेडिकल संचालनका लागि आवश्यक पर्ने तालिम नलिई अर्कैको नामबाट मेडिकल संचालन गरिएको समेत टोलीले फेला पारेको छ । प्रकृया नपुर्‍याएका र बिना दर्ता खोलिएका औषधी पसलहरुलाई कारवाही प्रकृया अगाडी बढाईने समेत नेपालीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग