Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१२ वर्षीया बालिकालाई बलत्कार भएको विषयमा स्थलगत अनुगमन

Published on 2:58:00 AM //

नरेश भण्डारी
बलिथुम गाविस–५ को हुँखोलामा १२ वर्षीय एक बालिकालाई बलत्कार भएको विषयमा ०६८ असार ३० गते इन्सेक जिल्ला प्रतिनिधिको अगुवाईमा स्थलगत अनुगमन भएको छ ।
बलिथुम गाविस–५ उर्लाखोलाका २६ वर्षीय गोपाल कुमाललाई बालिका बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको खवर प्रकाशमा आएपछि इन्सेक प्रतिनिधि नरेश भण्डारी, त्रान्तिकारी पत्रकार संघका अध्यक्ष प्रेम सुनार र रेडियो रेसुङ्गाका गंगु कुवरको टोलिले स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलिले ०६८ असार १६ गते स्थानिय हुँखोलाको जंगलमा गाई चराउन भाई बहिनी संगै गएकी बालिकालाई कुमालले जबरजस्ती बलत्कार गरेको प्रत्येक्ष दर्शी एक महिलाले बताइन् । कुमालले यस अघि पनि पटक–पटक महिलाहरु माथि दुव्र्यबहार गर्ने गरेको स्थानिय वासिन्दाले बताएकाछन् ।
कुमाललाई ०६८ असार १९ गते पक्राउ गरी सदरमुकाम ल्याईएकोमा जिल्ला अदालतले ०६८ असार २१ पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग