Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरजग्गाबाट १ करोड संकलन

Published on 5:11:00 PM //


गगनशिला खड्का
गत आर्थिक वर्षमा गुल्मीमा घर जग्गा रजिस्टे्रसन दस्तुरबाट १ करोड १५ लाखभ्ान्दा बढी रकम संकलन गरेको छ ।

आव ०६७/६८ को असार मसान्तसम्म गुल्मीमा घर जग्गा रजिस्ट्रेसनतर्फ १ करोड १४ लाख ४ सय २६, नामसारी, न्यायिक शुल्कबाट १० हजार ९ सय ३६, रोक्का र सेवा शुल्कबाट ९ लाख ५७ हजार ८ सय ९०  रातो पुर्जाबाट ९५ हजार ६ सय र अन्य बाट ३४ हजार ६१ सहित कुल १ करोड २५ लाख २४ हजार ९ सय १३ रुपैयाँ संकलन भएको जिल्ला मालपोत कार्यालय गुल्मीले जनाएको छ ।

मालपोत कार्यालयका नासु गोकर्ण मरासिनीका अनुसार घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त रकममध्ये ७९ लाख २७ हजार ९ सय २८ रुपैयाँ जिविस गुल्मीमा र ३४ लाख ९८ हजार ४ सय ९७ रुपैयाँ राजस्वमा दाखिला गरिएको छ । गत वर्षको तुलनामा यो वर्ष रजिस्टे्रसन लिखित संख्यामा वृद्धि भई ४ हजार ९ सय ९८ थान पुगेको निमित्त जिल्ला मालपोत अधिकृत रामप्रसाद खनालले बताए । उनका अनुसार गत वर्ष यो संख्या ४ हजार २ सय ९६ मात्र थियो । त्यसैगरी, आव ०६७/६८ मा महिला र दलितको लिखित संख्यामा समेत वृद्धि भएको खनालले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग