Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार महासंघ गुल्मीले कल्याणकोष स्थापना

Published on 2:44:00 AM //


गगनशिला खड्का
पत्रकारहरुको हित संरक्षण तथा सहयोगको लागी नेपाल पत्रकार महासंघ गुल्मीले पत्रकार कल्याणकोषको स्थापना गर्ने भएको छ । द्वन्दको मारमा परेका पत्रकारहरुको हित, संरक्षण तथा पत्रकारहरुमाथी आईलाग्ने अप्ठ्यारा र विपत्तीमा सहयोगका साथै सामान्य अबस्थामा पत्रकारहरुको वृद्धि विकाशमा सहयोग पु¥याउनका लागी महासंघ गुल्मी शाखाले कोषको स्थापना गर्ने भएको हो । शाखाको बिहीबार तम्घासमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
साउन मसान्तसम्म कोषको स्थापना सम्बन्धि सबै प्रकृया पूरा गर्न र नियमावली तैयार गर्नका लागी महासंघले कोषाध्यक्ष नरेश भण्डारीको संयोजकत्वमा सदस्य गगनशिला खड्का र सल्लाहकार सदस्य रेशम कुँवर सदस्य रहेको तीन सदस्यीय कोष स्थानापना समिती समेत गठन गरेको छ । कोषको लागी साउन मसान्तसम्म सबै प्रकृया पूरा गरी तत्कालै लागु गर्ने महासंघका सचिव भरत पाण्डेयले जानकारी दिनुभयो ।
रकम अभावमा स्थगीत भवन निर्माण कार्यलाई समेत निरन्तरता दिने निर्णय गरेको छ । महासंघले भवन निर्माण प्रकृयालाई समेत निरन्तरता दिने निर्णय गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग