Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरीलाई कुटिकुटी मारे

Published on 9:31:00 PM //


डोल्पाको जुफालमा स्थानीय युवाको कुटाइबाट गएराति एक प्रहरी जवानको ज्यान गएको छ । अर्का एक जवान घाइते भएका छन् ।
मृत्यु हुनेमा जुफालस्थित बिमानस्थल सुरक्षार्थ तैनाथ प्रहरी चौकीमा कार्यरत गुल्मी अर्जै-१ स्थायी घर भएका प्रहरी जवान कमल भण्डारी रहेको प्रहरीले जनाएको छ । सोही स्थानमा कार्यरत अर्का जवान सल्यान मार्के- ५ घर भएका झमन रेउले गम्भीर घाइते भएका छन् ।
स्थानीय बजारबाट सामान किनेर चौकी फर्कदै गरेका प्रहरी र स्थानीय युवाहरुको समूहबीच राति ९ बजेको समयमा सामान्य वादविवादपछि झडप भएको प्रहरी प्रधान कार्यलयको प्रहरी समाचार कक्षले जनाएको छ । युवाहरुको कुटपिटबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका जवान भण्डारीको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा गएराति नै मृत्यु भएको थियो भने घाइते जवान रेउलेको उपचार भइरहेको छ ।
८/१० जनाको संख्यामा रहेका युवाहरुको समूहले कुखुरी, रक्सीका बोत्तल र चिर्पट प्रहार गरी प्रहरीमाथि आक्रमण गरेको समाचार कक्षका प्रहरी नायव निरीक्षक राजकुमार अधिकारीले बताए । आक्रमणमा संलग्न स्थानीय भिमबहादुर बुढा, राजु थापा र अपार गुरुङलाई नियन्त्रणमा लिएर छानविन थालिएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग