Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेतालाई दबाव दिन तीज गीत, तम्घासमा भिडियो छाँयाङ्कन

Published on 2:45:00 AM //


गगनशिला खड्का
गुल्मीको संस्कृतीको संरक्षण एवम संवद्र्धनका लागि गुल्मी जिल्लाका नारीहरुले रेसुङ्गा नारी एकता समाज गुल्मीको गठन गरेका छन । उनिहरुले उक्त संस्था मार्फत गुल्मी जिल्लालाई पर्यटकिय एवम साँस्कृतिक रुपमा प्रसार—प्रसार गरी संस्कृतीको जगेर्ना गर्ने बताएका छन । यसै अवसरमा रेसुङ्गा नारी एकता समाज गुल्मीको आयोजनामा आईतवार गुल्मीको सदरमुकाम तम्घासको धागीथुम मन्दीरमा नारीहरुले तिज गित मार्फत राजनितिक दलहलाई समयमै संविधान बनाउन दवाब दिएका छन । 
अहिले नेपालका राजनितिक दलहरु कुर्चीको मात्रै खेलमा रहेकोले समयमै संविधान निर्माण नगर्ने हुनकी भनेर महिलाहरुले यसरी तिजगित मार्फत उनिहरुलाई दवाव दिएको बताएका छन । महिलाहरुको महान पर्व हरीतालिका तिजको पुर्व सन्ध्यामा महिलाहरुले सभाषदहरुलाई दवाव दिनको लागि म्युजिक भिडियो समेत निर्माण गर्न लागेका छन । म्युजीक भिडियोको छायाकनका क्रममा उनिहरुले सभाषदहरु र राजनितिक दलहरुलाई आफ्नो कुरा पु¥याउनकै लागि उनिहरुलाई उपहार दिनको लागि उक्त म्युजिक भिडियो निर्माण गर्न लागेको संस्थाका अध्यक्ष अन्जु निरौलाले बताईन । उनले भनिन “हामीहरुले हाम्रा राजनितिक दलका नेताहरुलाई खवरदारी गर्नकै लागि यो म्युजिक भिडियो निर्माण गर्न लागेका हौ ।” 
गुल्मी जिल्लामा जन्मीएका धेरै ब्याक्तिहरु देशकै ठुला कलाकार भएपनि गुल्मी जिल्लाको बारेमा भने कसैले ध्यान नदिएकोमा निरौलाले चिन्ता ब्याक्त गरिन । उनले थपिन “यहि जिल्लामा जन्मीएका कति मान्छै सबैभन्दा ठुला कलाकार भए तर गुल्मीको बारेमा कसैले हेरेन । ”गुल्मी जिल्लामा भएका एैतिहासिक परम्परागत स्थान,धर्म रितिरिवाज,संस्कृतीको बारेमा नेपालभर चिनाउनको लागि तिजको अवसर पारेर म्यीजिक भिडियो निर्माण गरिएको सस्थाका सदस्य अनिशा केसीले बताईन । उनले गित मार्फत गुल्मीलाई राम्रो संग अरु देशमा र नेपालमा चिनाउनको लागि यो म्युजिक भिडियो निर्माण गर्न लागेको बताईन । 
४५ जना महिलाहरु सदस्य रहेको संस्थामा आवद्ध महिलाहरुलृ एक—एक हजार रकम संकलन गरी उक्त म्युजिक भिडियो निर्माण गर्न लागेको केसीले जानकारी दिईन । पर्यटनका थुप्रै सम्भावना हुदाँ—हुदै पनि गुल्मी जिल्ला पछाडि परेकोमा चिन्तीत महिलाहरुले गुल्मीको प्रचार—प्रसार नै मुख्य लक्ष्य रहेको बताएका छन । ६ वटा गित संग्रहित एल्वमका सबै गितको म्युजिक भिडियो तिज गित मार्फत नै रहने आयोजक समुहका सदस्य गौरा गौतमले बताईन । गुल्मी जिल्लामै पहिलो पटक छायाकंन हुन लागेको म्युजीक भिडियोमा छमछमी नाच्न र गाउँनको
लागि हरीयो व्लाउज र रातो सारिमा सजिएर आउने महिलाहरुको बाक्लो सहभागीता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग