Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी प्रहरीले गर्‍यो होटल ब्यवसायीसँग अन्तर्कृया

Published on 3:23:00 AM //


गगनशिला खड्का
गुल्मी जिल्लाको शान्ति शुरक्षाको लागी विभीन्न क्षेत्रको सल्लाह सुझावका साथ कडाई गरेको प्रशासनले मंगलबार होटलहरुको व्याबस्थापनको विषयमा छलफल गरेको छ । शान्ति शुरक्षा कायम गर्नको जिल्लाका जिल्लाका होटलहरुका पनि भूमिका महत्वपूर्ण हुने भएकोले होटलहरुमा सुव्याबस्था कायम गर्नको लागी अन्तरक्रिया कार्यक्रम गरीएको हो ।
होटलहरुमा मदिरा विक्री वितरण देखि रातको समयमा हुने विकृति विसंगतीको नियन्त्रण गर्न सकेमा शान्ति सुरक्षा कायम गर्नमा ठूलो सहयोग पुग् लागने भएकोले यसको व्याबस्थापनको लागी सबै पक्षले सहकार्य गरेर सुधार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले अधिकार मात्रै होईन कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताउनुभयो । “शान्ति सुरक्षा कायम भएमा धेरै फाईदा पुग्ने होटल व्याबसायीलाई नै हो, उहाँले भन्नुभयो– त्यसैले होटल व्याबसाय गर्न पाउने अधिकारको प्रयोग गर्दा आफ्नो होटल सञ्चालन गर्ने समय, सरसफाईँ र होहल्ला कम गर्ने ग¥यो भने आफ्नो वरीपरी शान्ति सुरक्षा कायम हुन्छ भने त्यो गर्नुपर्छ ।”
गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले जिल्लाको सुरक्षा कायम गर्न आफू तत्पर भएको तर त्यसका लागी होटलमा हुने गरेका कमि कमजोरी सुधार गर्न र सुधार नभएमा कार्वाही भोग्न तयार हुनुपर्ने बताउनुभयो । “सबैले सहयोग गरेमा शान्ति सुरक्षा कायम हुन्छ भन्ने कुरामा हामी विश्वास दिलाउँछाँै, उहाँले भन्नुभयो – तर त्यसका लागी सबैले आफ्नो होटलमा सुरक्षा कायम गर्न लाग्नु पर्छ, कमजोरी गरीयो भने कार्वाही भोग्न पनि तयार रहनुपर्छ ।” कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले पहिलेको तुलनामा शान्ति सुरक्षामा धेरै सुधार भएको तर होटलहरुमा आउने आगन्तुकको विबरण यथार्थ राख्ने, मदिरा विक्रीवितरणमा जथाभावि नगर्ने तथा रातको समयमा अबेरसम्म होटल खोलेर होहल्ला गर्न नदिने कुरामा होटलव्याबसायी सचेत हुनुपर्ने बताउनुभयो ।
होटल व्यवसायीहरुले भने आफूहरु होटल व्याबसायी मञ्च मार्फत निर्देशित भएकोले मञ्चलेसबैलाई मान्य हुने नियम बनाएर लागु गरेमा नियम पालना गर्न तयार रहेको बताए । “सबैको फरक फरक भन्दा पनि एकरुपता कसरी ल्याउने भन्ने नियम बनाउन र एकरुपता ल्याउन होटलव्याबसायी मञ्च छ, होटल व्याबसायी चुरा बहादुर खत्रीले भने – कसैलाई काखा कसैलाई पाखा गर्नु भएन एउटै नियम बनाएर लागु गरेमा हामी नियम पालना गर्न तयार छौँ ।” व्याबसायीहरुले किराना पसल तथा फेन्सीहरुमा समेत मदिरा विक्री वितरण गर्ने गरेकोले विकृति बढेको भन्दै त्यसलाई तत्काल रोक्न र प्रहरीले रातको समयमा होटलमा अनुगमन गर्दा मर्यादित रुपमा गर्नुपर्ने सबैले सहयोग गर्न माग गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग