Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा प्रहरी र जनता सहकार्य अभियानमा

Published on 2:40:00 PM //

जिल्ला प्रहरी कार्यालय गुल्मीले शान्ति सुरक्षा र विकृति विसंगती नियन्त्रणका लागी  पहिलो चरणमा जनतासंग सहकार्य गरेर अगाडी बढ्ने तिन महिने कार्ययोजना सार्वजनिक गरेको छ ।
योजना सफल बनाउन नागरिक समाज, राजनीतिक दल, संचारकर्मीसंग नजिकको सम्बन्ध राखेर काम गर्ने प्रहरीले जनाएको छ । सर्वसाधारणसंगको सहकार्यले अपराधीक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने प्रहरीको विश्वास छ ।
प्रहरीले पहिलो चरणमा बिभिन्न गाविसमा घरदैलो अभियानसंगै विभिन्न चेतनामुलक कार्यक्रम गर्ने जनाएको छ ।
अपराधीहरुलाई संगठित हुन नदिने, निगरानी र पक्राउ बढाउने, लैङ्गिक हिंसा नियन्त्रण, आत्महत्या न्यूनिकरण, अबैध जा“डरक्सी उत्पादन र विक्रि वितरणमा नियन्त्रण, लागु औषध र्दुब्र्यसन न्यूनीकरण लगायतका कार्यक्रमहरु योजनाको प्राथमिकतामा छन् ।
यस्तै जिल्ला स्थित बिद्यालयहरुमा समेत चेतनामूलक कार्यक्रम गर्ने प्रहरीको योजना छ । प्रहरीले पछिल्ला तिन वर्षको अपराध, आत्महत्या, घरेलु हिंसा लगायत अन्य घटना दुर्घटनाहरुको विवरण समेत सार्वजनिक गरेको छ । विवरण अनुसार अपराध, घरेलु हिंसा र दुर्घटना प्रत्येक वर्ष बढेको देखिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग