Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी सकृयता बढेपछि अपराध कम

Published on 12:10:00 AM //


शिबलाल सुबेदी
पछिल्लो सयममा जिल्लामा प्रहरीले सकृयता  देखाएकाले बिभिन्न अपराधिक क्रृयाकलापमा कमि आएको ।
केही अगाडिसम्म जिल्लामा दैनिकजसो स–साना चोरी डकैती र बिभिन्न अपराधिक गतिबिधी हुने गरेपनि अहले भने प्रहरीले गस्ती तथा अन्य अभियान शूरु गरेकाले यस्ता गतिबिधीमा कमि आएको हो । पछिल्लो समयमा चोरी, कुटपिट, लागुऔषध, यौनजन्य क्रृयाकलाप लगायत अन्य अपराधिक गतिबधीहरु बढीरहेको जन गुनासो आईरहेकाले प्रहरीले जिल्लाको शान्ति शुरक्षालाई राम्रो बनाउनका लागि बिभिन्न अभयान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकृत तथा प्रहरी निरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन ।
सदरमुकाम तम्घास लगायत बिभिन्न ब्यापारीक केन्द्रहरुमा अहिले प्रहरीले राती ९ बजे पछि होटलहरुमा चेकजाचँमा कडाई गनुका साथै सड्कहरुमा होहल्ला गर्नेहरुलाई कारवाही गर्ने कामलाई तिब्रता दिएको छ । यसरी प्रहरीले चेकजाचँ तथा होहल्ला गर्नेहरुलाइ कारवाही गर्ने गरेकाले बजारमा ९ बजे पछि सबै होटलहरु बन्द हुने गरेका छन भने सड्कहरुमा होहल्ला गर्दै हिड्नेहरु देखिन छाडेका छन । प्रहरीले लागु औषध प्रयोग गर्ने युवाहरुको खोजी अभियानलाई तिब्र पारेको छ भने अपराधिक क्रियाकलाप हुने सम्भाबित स्थानहरुमा गस्ती समेत बढाईएको छ ।
केही समय अगाडि मात्र जिल्ला प्रहरी प्रमुख भएर आएका प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले राखेको भेटघाट कार्यक्रममा नागरिक समाज, ब्यवसायी, सञ्चार कर्मीहरु, बुद्धिजीव, यातायात ब्यवसायी लगायतले जिल्लाको सदरमुकाममा नै शान्ति सुरक्षा कमजोर भएको तथा बिभिन्न अपराधिक क्रियाकलापहरु बढीरहेकाले यसलाई नियन्त्रण गर्न आग्रह गरेका थिए ।
नागरिक समाज, ब्यवसायी, सञ्चारकर्मीहरु, बुद्धिजीव, यातायात ब्यवसायी लगायतको आग्रहलाई जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारले आत्मसाथ गदै बिभिन्न अपराधिक गतिबिधी रोक्न तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न आफु प्रतिबद्ध रहेको बताएका थिए । सोही अनुसार पनि प्रहरीले जिल्लामा सक्रियता बढाएको प्रहरी नायव उपरिक्षक बैदवारले बताए । बैदवारका अनुसार जिल्लाको जुनसुकै क्षेत्रमा पनि
अपराधिक घटनाहरु भएपनि पिडीतलाई न्याय र पिडकलाई तत्काल आवश्यक कारवाही गर्न प्रहरी परिचालन गर्ने बताए । उनले भने आफु कानुन भित्र रहेर काम गर्ने बताउदै , प्रहरीले आफै गल्ती गरेपनि कारवाही गर्न पछि नपर्ने बताएका छन ।
हामी आशा गरौ अहिलेसम्म गुल्मी जिल्ला जे जस्ता अपराधिक घटनाहरु भएपनि अव त्यस्ता गतिबिधीहरु पुरै रोकीने र गल्ती गर्नेलाई सजाय गर्ने ब्यवस्था मिलाएका छौ बैदवारले भने ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग