Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई अभियुक्त सार्वजनिक

Published on 12:20:00 AM //


गगनशिला खड्का
केहीदिन बेपत्ता भएर स्याङ्गजाको चण्डीभञ्ज्याङ्गमा मृत अबस्थामा फेला परेका गुल्मीको ग्वादीका एक व्यक्तिलाई स्थानिय एक यूवाले हत्या गरेर कालीगण्डकीमा फालेको खुलासा भएको छ । ग्वादी गाविस वार्ड नम्बर ५ का २२ वर्षका यम बहादुर कुँवरलाई गत साउन २२ गते राती आफ्नै साथी सोही स्थानका २० वर्षिय मिन बहादुर कुँवरले हत्या गरी कालीगण्डकी नदिमा फालेको प्रहरीले खुला गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले अभियुक्त मिन बहादुरले ढुँगा र चक्कु प्रहार गरी यम बहादुरलाई आफूले हत्या गरेर नदिमा बगाईदिएको स्विाकार गरेको प्रहरी नायव उपरीक्षक राजकुमार बैदबारले बताए । साउन २२ गते राती स्थानिय एक होटलमा बसेर मदिरा सेवन गरी तिजको नाचगान गरीसकेपछि झगडा शुरु भएकोले लड्नकै लागी भन्दै कालाीगण्डकी नदिको किनारमा गएको र लड्दा लड्दै मिन बहादुरले यम बहादुरलाई हत्यागरी नदिमा फालीदिएको बैदबारले बताए । अर्कोदिन मृतकका दाजुभाईले सोधखोज गर्ने क्रममा मिन बहादुर पुलमा सुतेको अबस्थामा भेटीएपनि यम बहादुरको बारेमा थाहा नभएको बताएपछि रीडी प्रहरीचौकीले अनुसन्धान शुरु गरेको थियो । पाल्पा, स्याङ्गजा, तनहुँ लागायतका जिल्लामा प्रहरीलाई कालीगण्डकीमा शव खोज्नको लागी अनुरोध गरीएपछि केहिदिन अघि मृतकको शव स्याँङ्गजाको चण्डीभञ्याङ्गमा कालीको तिरमा फेला परेको थियो । प्रहरीले मिन बहादुरलाई अनुसन्धान गर्ने क्रममा आफूले ढुँगाले टाउकोमा र चक्कुले शरिरका विभीन्न भागमा हानी हत्या गरेर नदिमा बगाईदिएको स्विकार गरेको प्रहरीले जानकारी दिएको छ । अभियुक्त यम बहादुरलाई मुलुकी ऐनको महल १० अनुसार ज्यान मुद्धामा जिल्ला अदालत गुल्मीबाट म्याद लिई अनुसन्धान भैरहेको प्रनानी बैदबारले बताए । यसैविच बच्चा जन्माई बारीमा फ्याक्ने गुल्मी दर्लामचौरकी एक किशोरीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । गत साउन २२ गते थाहा नभएको पुरुषको बच्चा जन्माई बारीमा फाल्ने दर्लामचौर ९ कि १९ वर्षिया कमला कुमाललाई प्रहरीले सार्वजनिक गरेको छ । कुमालले मिति एकिन नभएको सिस्नेको जंगलमा दाउरा खोज्न गएको बेला नचिनेको पुरुषले जवर्जस्ती करणी गरेर गर्भधारण भएकोले आफूले बच्चा जन्मिएपछि बारीमा फालेको बताएको प्रहरीले जानकारी दियो ।
बच्चा जन्मिएपछि गत साउन २२ गते बच्चा जन्माई दर्लामचौर ९ को कुमालगाउँ जाने बाटो मुनि कर्कलाको पातले छोपेर छोडेकी थिईन । स्थानिय बासीन्दाले देखेर प्रहरीलाई खवर गरेपछि अर्को दिन बच्चालाई उपचारको लागी जिल्ला अस्पत्तालमा ल्याउँदा ल्याउँदै मृत्यू भएको थियो । उनलाई पनि कर्तव्य ज्यान मुद्धा चलाई जिल्ला अदालत गुल्मीबाट म्याद लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग