Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा अझै ११ लाख भन्दा बढी विद्युत महशुल उठ्न बाँकी

Published on 4:28:00 PM //


गगनशिला खड्का
गुल्मीका विभीन्न सरकारी कार्यालयहरुले नेपाल विद्युत प्राधिकरणलाई ११ लाख भन्दा बढी महशुल तिर्न बाँकी रहेको छ । ति मध्ये सबैभन्दा बढी जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रले पाँचलाख ३४ हजार २ सय त्रीयासी रुपेयाँ तिर्न बाँकी रहेकोले प्राधिकरणले आज उक्त केन्द्रको लाईन काटेको छ ।
 त्यस्तै रुरु प्राथमिक स्वास्थ्य केन्द्रको १ लाख ११ हजार ९ सय १८ रुपैयाँ, अश्लेवा स्वास्थ्य चौकीको ६६ हजार, खज्र्याङ्ग स्वास्थ्यर्चौकीको १ लाख ११ हजार ९ सय १८ सहित स्वास्थ्य संस्थाहरुबाट मात्रै ९ लाख ७ हजार ७० रुपैयाँ महशुल उठ्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण गुल्मी शाखाका प्रमुख विनोद चौधरीले बताउनुभयो ।
यी सबैलाई ताकेता गरीएको र महशुल बुझाउन नआए धमाधम लाईन काटीने चौधरीले बताउनुभयो । यता जिल्ला स्वास्थ्य कार्यालयले भने विभागमा पत्र लेखेर केही समय लाईन नकाटीदिन आग्रह गरेको बोधार्थ आफ्नो कार्यालयमा आएको चौधरीको भनाई छ । जिल्ला विकाश समितीका सभापति कार्यालयमा लाईन काटेपछि त्यहाँबाट ४ हजार ७ सय, जिवीसबाट १५ हजार ९ सय प्राप्त भएको शाखाले जानकारी दिएको छ ।
त्यस्तै श्रृङ्गा हुलाक कार्यालयबाट ३ हजार ९७ रुपैयाँ, श्रृङ्गा माध्यमिक विद्यालयबाट २२ हजार ४ सय, कृषि विकाश कार्यालयबाट ३ हजार ६ सय, जिल्ला प्रहरी कार्यालयबाट ४ हजार २ सय १५ र ७ सय २० साथै ईलाका प्रहरी कार्यालय रीडिबाट २७ हजार ६ सय ७ रुपैयाँ प्राप्त भएको प्राधिकरणले जानकारी दिएको छ । जिल्लाका विभीन्न कार्यालयबाट महशुल उठ्न बाँकी रकमबाट २५ प्रतिशत जरीवाना सहित महशुल उठाउँदा प्राधिकरणलाई २ लाख ७५ हजार मुनाफा हुने भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग