Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शैक्षिक क्षेत्रमा व्यापक अनियमितता र भष्ट्राचार भएको खुलासा

Published on 2:09:00 PM //


सीता भण्डारी
प्राविधिकहरुमार्फत गुल्मी जिल्लाको शैक्षिक क्षेत्रमा व्यापक अनियमितता र भष्ट्राचार भएको एक कार्यक्रमका सहभागीहरुले खुलासा गरेका छन् । जिल्लाका प्राविधिकहरुले घुस माग्ने र सम्झौता अनुसारको काम नगरी व्यापक अनियमितता र भष्ट्राचार भएको सदरमुकाम तमघासमा जिल्ला शिक्षा कार्यालयद्धारा आयोजित अन्तरकृया कार्यक्रमका सहभागीहरुले यस्तो खुलासा गरेका हुन् ।
कार्यक्रममा नेपाल शिक्षक सघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारीले गत वर्ष जिल्लाको व्लक वितरणमा प्राविधिकहरुले कमिशन मागेको र शिक्षक नियुक्ती गर्दा घुस मागेको जिल्ला शिक्षा कार्यालयलाई प्रमाणसहित पेश गरेको उल्लेख गर्दै तत्कालीन जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले सुधार गरेर लैजाने प्रतिवद्धता जनाएपनि हालसम्म सुधार हुनुको साटो अनियमितता तथा भष्ट्राचारको वृद्धि विकास भएको गुनासो गर्नुभयो । त्यस्तै नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष रोहीत भण्डारी र नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष दशरथ घिमिरेले समेत व्यापक अनियमितता र भष्ट्राचार भएकोले तत्काल यसको नियन्त्रणका लागि कदम चाल्न जिल्ला शिक्षा कार्यालयको
ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले राखेको अन्तरकृया कार्यक्रमले जिल्ला शैक्षिक सुधारमा महत्वपुर्ण भुमिका खेल्ने सहभागीहरुले प्रतिकृया दिएका थिए । कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले जिल्लाको शैक्षिक स्तर घटेकोप्रति चिन्ता व्यक्त गर्दै अनियमितता तथा भष्ट्राचारको छानविन र अनुगमनका लागि तत्काल कदम चालिने वताउनुभयो । व्याक्ति विशेष वा संस्थालाई दोष थुपार्नु भन्दा पनि सवै पक्षले अनियमितता रोक्न आत्म समिक्षा गरेर अगाडी वढ्नुपर्नेमा उहाँको जोड् थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले सुनिनमा आएको अनियमितताका सम्वन्धमा सुधारका लागि आफुहरुले अन्तरकृया कार्यक्रमको आयोजना गरेको वताउँदै शैक्षिक क्षेत्रको व्यापक सुधारका लागि आफुले कदम चालेको दावी गर्नुभयो ।
कतिपय अनियमितता तथा भष्ट्रचारका उजुरीहरु कपोकल्पीतरुपमा आउने गरेको वताउँदै जिल्ला शिक्षा अधिकारी पौडेलले जिल्ला शिक्षा कार्यालयलाई मात्र आलोचनाको पात्र नवनाउन आग्रह गर्नुभयो । उहाँले सवै राजनीतिक दल, पेशागत संघ संगठन एवं सरोकारवालाले जिम्मेवारीपुर्ण भुमिका खेलेर सुधारतर्फ लाग्नुपर्नेमा उहाँले जोड् दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग