Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घर बस्न मौसम हेर्नुपर्ने बाध्यता

Published on 5:50:00 AM //


शिवलाल सुवेदी
हर्दीनेटा गाविस ५ लुम्छाका २ घरपरिवार मौसम हेरेर मात्र आफ्नो घरमा बस्ने गर्दछन् । जब आकाशमा कालो बादल मडारिइ पानी पर्ने संकेत गर्न थाल्छ उनीहरु आफ्नो घर नजिकैको छिमेकमा शरण लिन पुगि हाल्छन् ।
गत वर्ष हर्दिनेटा गाविसका माधव पन्थको घरको छेउबाटैै पहिरो गएपछि यस वर्ष पनि पानी पर्न थालेपछि उनीहरु पहिरोको डरले घर छोडेर पन्थ छिमेकमा गएर बस्ने गर्दछन् । हर्दिनेटामा उनी मात्र होइन सोही पहिरोका कारण जनक पन्थ पनि आकाशमा कालो बादल देखिएपछि मनमा त्रास पैदा हुने गरेको बताउ“छन् । पहिरोले यहा“को लुम्छा बजार समेत जोखिममा पारेको छ पानी परेपछि पहिरो जाने भएकाले पनि उनलाई आकाशमा कालो बादल देख्ने बित्तिकै पहिरोको त्रास बढ्ने गरेको पन्थहरुको गुनासो रहेको छ । गत वर्षदेखि गएको पहिरोबाट जोगिन के गने भन्र्नेमा अहिलेसम्म पनि केही उपाय लागेन । यस क्षेत्रमा पहिरो नियन्त्रण तथा जोखिम न्यूनिकरण गर्नका लागि कुनै ठोस काम नभएकाले पनि पहिरोको त्रास यथावत नै रहेको माधव पन्थका भाइ अर्जुन पन्थले गुनासो गरे । अहिले वर्षा सुरु भएको १ महिना भइ सक्यो जिल्ला दैवी प्रकोप उद्धार तथा राहत समितिको बैठक पनि २÷३ पटक बसेर विभिन्न निर्णयहरु भए पनि ती नियर्णहरु कागजमा मात्र सीमित भएको पन्थ बताउ“छन् । उनले जब पानी पर्छ तब घर परिवारका सबै सदस्यहरु छिमेकीको घरमा शरण लिन जानु पर्ने बाध्यता रहेको छ । जिल्लाका ३ गाविसहरु पहिरोको उच्च जोखिममा रहेका छन् भने अन्य गाविसहरु पनि सामान्य पहिरोको जोखिममा रहेका छन । यसरी पहिरोको मुख्य कारण अव्यवस्थित तरिकाले विकासका नाममा डोजर सञ्चालन गरेर बाटो निर्माण गर्दा विभिन्न बस्तीहरु तथा विद्यालयहरु जोखिममा रहेका छन् ।
पहिरोको कारण अघिल्लो वर्ष जिल्लामा करिब आधा दर्जन जतिको ज्यान गएको थियो भने लाखौ“को क्षति भएको थियो । त्यस्तै जिल्लाका आधा दर्जन जति गाउ“ तथा केही विद्यालयहरु समेत जोखिममा परेका थिए । यस वर्ष पनि जिल्लामा बाढी पहिरोले अहिलेसम्म मानवीय क्षति नपु¥याए पनि विभिन्न गाउ“ तथा विद्यालयहरुमा भने क्षति पु¥याइ सकेको छ । पहिरोले जिल्लाको मुसिकोटमा ८ जनाको परीवार विस्थापित भएको छ भने दुर्गम नेटा गाविसका १२ घर परिवारहरु विस्थापित हुने अवस्थामा रहेका छन् । त्यस्तै पहिरोले सदरमुकाम तम्घास गाविस–८ का ऋषिराम वि.क., सोही स्थानकै शिवलाल पाण्डे, भीमा कामी, लाल बहादुर काउछा र जैसीथोकका डिल बहादुर परियारको घर गोठमा क्षति पु¥याउ“दा ९ लाखभन्दा बढीको क्षति भएको छ । विद्यालय, व्यक्तिका घर, गोठ, भैसी, बाख्रा समेत पहिरोमा पर्दा जिल्लामा झण्डै २५ लाखभन्दा बढीको क्षति भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यता पहिरोले हाडहाडे–६ सोमरभोमर माध्यमिक विद्यालय, छापहिले–३ को मालिका प्राथमिक विद्यालयमा बम्घा–५ को जनजागरण प्राथमिक विद्यालयहरु पनि जोखिममा रहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग