Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिबिध कार्यक्रमका साथ सकियो बेलायतबासी गुल्मेलिको वार्षिक भेटघाट

Published on 8:46:00 AM //

शिव भण्डारी/केशव भण्डारी

गुल्मी जिल्ला समाज युकेले वार्षिक भेटघाट एवं गृष्मकालीन विविक्यु पार्टी व्यताका साथ सम्पन्न गरेको छ । गत आइतबार फोर्नवारो कम्युनिटी स्कुलको प्रांगण एवं हलमा सम्पन्न सो पाँचौं भेटघाट कार्यक्रममा करिब एक हजार सहभागीको उपस्थिति थियो । युकेवासी गुल्मेली परिवारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अन्य संघसंस्था एवं क्षेत्रका नेपालीहरुको पनि उल्लेख्य सहभागिता थियो । गुल्मी जिल्ला समाज पाँचौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा समाजले यस वर्षको भेटघाट पाँचौं वर्षगाँगको रुपमा केक काटी विविध सांस्कृतिक कार्यक्रम गरी हर्ष उल्लासका साथ मनाएको थियो ।
कार्यक्रममा सहभागी प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसले गुल्मी जिल्ला समाज युकेकावासी नेपालीहरुको एक उदाहरणीय संस्था भएको बताउादै जन्मथलो गुल्मीमा विविध सामाजिक सेवामा गरेको सहयोगको सराहना गर्नुभयो ।
यसैगरी अर्का अतिथि एनआरएन युकेका अध्यक्ष सूर्य गुरुले गुल्मी जिल्लालाई शुभकामना दिँदै संस्थाले मानवीय कार्यमा गरेको सहयोगात्मक कार्य अन्य संघ संस्थालाई उदाहरणीय रहेको बताउनुभयो । समाजका अध्यक्ष ओमप्रसाद थापाले समाजका गतिविधिबारे सबैलाई जानकारी गराउँदै हालसम्म गुल्मी जिल्ला समाज युकेले गुल्मी जिल्लामा करिब ४२ लाखको सहयोग पु�याएको जानकारी गराउनुभयो ।
भेटघाट कार्यक्रममा हाल बेलायत भ्रमणमा रहनुभएका वरिष्ठ पत्रकार हरिहर विरही, रुपेन्देही जिल्लाका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, राजदूतवासका डिफेन्स एटैची कर्नेल विश्वनाथ घिमिरको पनि उपस्थिति थियो । यसैगरी एनआरएनका उपाध्यक्षद्वय कुल आचार्य, महेन्द्र कणेल, एनआरएन आइसीसी सदस्य विजय थापा र लक्ष्य गुरुङलगायत विभिन्न संघ संस्था एवं सञ्चार प्रतिनिधिको सहभागिता थियो ।
दुई चरणमा संचालन गरिएको भेटघाट कार्यक्रमको पहिलो चरणमा बिहान ११ बजदेखि बेलुकी ६ बजेसम्म तीज गीत, भजन, गुल्मी चुटका, सालेजो जस्ता मनोरन्जात्मक इभेन्ट सञ्चलन गरिएको थियो । नौमति बाजाका टिम ओम बुढाथोकी, विन भुजेल, तीर्थ शाही, तील थापा, राम गलामी, लाल डगामी, पूर्ण बलाल, बीर बलाल, थम रोक्का, कुमार राना र मन गुरुङले दिनभरि नौमति बाजा बजाएर कार्यक्रमलाई रौनकता दिएका थिए । दिउँसो हल्का पानी परे पनि युवायुवती नौमति बाजाको तालमा नाँचमा मस्त देखिन्थे । खेलकुदतर्पm भलिबल प्रतियोगिता पनि आयोजना गरिएको थियो । दिउँसाको कार्यक्रम र खानपिनपछि बेलुका सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो ।

कम्युनिटीको मेनहलमा सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रमको सुरुमा गुल्मी जिल्ला समाज युकेको पाँचौं वर्ष गाँठको उपलक्ष्यमा प्रमुख अतिथि राजदूत डा. सुरेशचन्द्र चालिसे र अध्यक्ष थापाले केक काट्नु भएको थियो । उक्त अवसरमा गुल्मीका प्रसिद्ध लोक गीत गायक बलराम पुनको गीति एल्बम मनको आँशुको विमोचन पनि राजदूत चालिसेले गर्नुभएको थियो ।
समाजका अध्यक्ष ओमप्रसाद थापाको सभापतित्वमा सञ्चालित कार्यक्रममा गुल्मी जिल्ला समाज, युकेको आजीवन सदस्य प्राप्त गर्ने करिब एक सय पचास सदस्यहरुलाई खाँदा ओढाएर सम्मान र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन महासचिव अर्जुन गौतम, मिडियो सेक्रेटरी केशव भण्डारी र शिव भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष शंकर भण्डारी र धन्यवाद मन्तव्य उपाध्यक्ष मोती भण्डारीले गर्नुभएको थियो । सांस्कृति कार्यक्रमको संचालन इन्दिरा गलामी, विनोद ज्ञवाली र ओम गुरुङले गर्नुभएको थियो ।
पाँच टिमले भाग लिएको भलिबल प्रतियोगितामा डोभेर ए पहिलो र लण्डन बी दोस्रो भएको थियो । पहिलो र दोस्रो हुने टिमलाई तक्मा र प्माणपत्र प्रदान गरिएको थियो । खेलकुदको संयोजन समाजका खेलकुद सचिव टोमबहादुर पल्लीले गर्नुभएको थियो । यसैगरी राफल ड्रको पनि सञ्चालन गरिएको थियो । राफल चिठ्ठाको पहिलो पुरस्कार टेलिभिजन रारा रेस्टुरेन्टका प्रताप रायमाँझी, दोस्रो पुरस्कार डिभिडी प्लेयर डासुराम पाण्डेले स्पोन्सर गर्नुभएको थियो । कार्यक्रमलाई सफल बनाउन समाजका पदाधिकारीहरु दुर्गा पाण्डे, बिन भुजेल, राम गलामी, ओम बुढाथोकी, रवि गुरुङ, टिकाराम थापा, राजन खरेल, भेष थापा, मानबहादुर गुरुङका साथै सल्लाहकार कमल भण्डारी, पशुपति भण्डारी, बालजंग अर्याल, गोकर्ण बस्नेतलगायतले सक्रिय भूमिका निभाउनु भएको थियो ।
सांस्कृतिक कार्यक्रममा नाच्ने र गाउने कलाकारहरु गोकुल नेउपाने, विनोद ज्ञवाली, रविना भण्डारी, मनिष भण्डारी, शिया खरेल, निहा खरेल, अविसा गौतम, मुना गुङ, विवेक गलामी, असिम थापा, बलराम पुन, नीता गुरुङ, सीता नेउपाने, विष्णु गुरुङ, सुजिम राना र ओसियन घर्ती थिए ।
(माथिका सबै तस्बिरहरु नेपाली ब्लगर्स डट कमबाट लिईएका हुन ।)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग