Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा ३२ औं मगर दिवस मनाईयो

Published on: // ,
लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । वैदेशिक रोजगारीको सिलसिलामा प्रवासको भूमिमा रहेता पनि आ–आफ्नो कला, संस्कृति र भेषभुसालाई जर्गेना गर्दै जातिय उत्थान गरेको पाईन्छ । गएको २१ फेब्रुवरी शुक्रबारका दिन दुबईको अस्टोरिया होटलमा नेपालबाट आएका चर्चित लोक दोहोरी गायक मधु सुदन मगर र गायिका अमृता लुंगेली मगरका साथ स्थानीय कलाकारहरुको विविध रंगारंग सांस्कृतिक प्रस्तुतिका साथ ३२ औं मगर दिवस विधिवट रुपमा मनाएका छन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा युएईका लागि महामहिम राजदूत धनन्जय झा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता मगर संघ युएईका अध्यक्ष हस्तराज दर्लामी मगर रहनु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा गायक मधु सुदन मगर, गायिका अमृता लुंगेली मगर, नेपाल आदिवासी जनजाति महासंघ युएईका कार्यवाहक अध्यक्ष पासाङ रिन्जी शेर्पा, संरक्षक गिरमान थापा र उपसंरक्षक तथा पत्रकार लालबहादुर ढेंगा रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेका थिए । दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो औपचारिक कार्यक्रम उपाध्यक्ष उपेन्द्र रानाले संचालन गरेको थियो भने दोस्रो तथा सांस्कृतिक कार्यक्रमलाई महासचिव धनेन्द्र मास्की रानाले संचालन गरेको हो । प्रमुख अतिथि, अध्यक्ष र अतिथिहरुद्धारा दिप प्रज्योलन गरी थालनी गरिएको कार्यक्रममा प्रथम सहिद राम लखन थापाको तस्विरलाई खादा ओढाई अविर चढाएका थिए ।
स्वागत गीतबाट थालनी भएको सांस्कृतिक कार्यक्रममा “जीवन चल्न खाचो छ, भोकमा भोजन तिर्खामा पानी..” भन्ने झ्याउरे गीतमा भुवन थापा, कृष्ण थापा, देवी राना र पुनम थापाको नृत्यले हललाई तताउन सुरु गरेको थियो । मगर संघको निमन्त्रणामा आएकी चर्चित लोक दोहोरी गायिका अमृता लुंगेली मगर मगरनी पहिरनमा सजिएर जब स्टेजमा कदम राखिन सिटीले हल गुन्जिन थाल्यो । मेरो लागि कोई सोल्टीहरु हुनुहुन्छ कि भन्दै नजर घुमाउन समेत भ्याएकी थिइन् । उनले चारवटा गीत गाएकी थिइन् । जसमा “कति राम्रो चट्ट”, “दिलको “ढोका”, मर्काई देउ कम्मर” र “आई पुग्यो नौलो गाउं” रहेको थियो ।
युएईमा महिला भएर नृत्य गर्ने चर्चित नृत्यकार दीपक गुरुङको “मेरो दिलमा एटम बम छोडेर गयो” भन्ने गीतमा नृत्य पनि सबैले मन पराए । त्यसैगरी मगरहरुको संस्कृति झल्काउने खालका सोरठी र करुवा नृत्यले मगरहरुको पहिचानलाई उजागर गरेको पाईन्थ्यो । नेपालमा ख्याति कमाएका लोक दोहोरी गायक मधु सुदन मगरले गाएको मगर भाषाको करुवा गीतमा सबै जना नाच्न बाध्ये भएका थिए । खासगरी सालै जो, चुटका र झ्याउरे गीतले दर्शकलाई धेरै मनोरञ्जन दिएका थिए ।
त्यसैगरी हुमबहादुर मगरको हांस्य नृत्य, “कैलाशबाट जोगी है झ¥यो” गीतमा दीपक गुरुङ र मेख थापाको युगल जोडी नृत्य र यो जुनीमा तिम्रो हुन सकिन गीतमा भुवन थापाको खतरनाक क्यान्डल नृत्य सबैले रुचाए । “हङकङमा नजाउ है” गीतमा सपना रास्कोटी मगरको नृत्य र “ओ ललिता” पप गीतमा धनबहादुर आलेको नृत्य पनि निकै सान्र्दभिक लाग्दथ्यो ।
कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष भरत रानाको शुभकामना मन्तव्य लगत्तै विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई प्रमुख अतिथि बिशेष अतिथि र अध्यक्षको हातबाट खादा र पंशसापत्र समेत दिइएको थियो । अध्यक्ष हस्तराज दर्लामी मगर र कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष भरत राना मगरले कार्यक्रमलाई सफल पार्नमा सहयोग पु¥याउनेलाई बिशेष धन्यबाद दिएका छन् । मिडियाको तर्फबाट हेलो नेपाल र प्रवासी अनलाईनको प्रत्यक्ष प्रशारणका लागि शेखर चापागाईको महत्वपूर्ण भूमिका रहेको थियो भने डिजेको लागि जयराम लामाले समाल्नु भएको थियो ।

भारतमा दुई नेपाली बालिकाको मृत्‍यु

Published on: //
बाबुराम थापा
नयाँ दिल्ली, फागुन १० । दिल्लीको डावडि क्षेत्रमा ट्रान्जीट मिक्सर (सिमेन्ट र बालु मिलाउने गाडी) ले ठक्कर दिदा दुइ नेपाली बालिकाहरुको मृत्यु भएको छ ।
गुल्मी लिम्घा गाविस वार्ड नं ५ काश्यामबहादुर रानाको छोरा सन्तबहादुर राना आफ्नो श्रीमती राधा राना र दुई छोरी एक छोराको साथ भारतको नई दिल्लीको हरिजन बस्ती सितापुर दावडीमाआफ्नो परिवार सहित सानोतिनो जागिर गरि बस्नुभएको थियो । १९ फरवरी २०१४ को दिन आफुहरु दुइजना काम गर्न गएको बेला उनकी ६ वर्षकी जेठी छोरी सजना र ४ वर्षकी कान्छी छोरी तमन्ना नजीकको पार्कमा खेल्न गएका थिए ।
यसै पार्क नजिकै विवाह घरनिर्माण कार्य चलिरहेको थियो ।
यसै विच टा«न्जीट मिक्सरले खेलिरहेका बच्चाहरुलाई ठक्कर दिँदा एउटी छोरीको घट्ना स्थलमै र अर्की छोरी उपचारको क्रममा दादादेव हस्पिटलमा मृत्यु भएको थियो । उक्त दुर्घटना पश्चात प्रवासी नेपाली संघका पदाधीकारीहरु र प्रवासी नेपालीहरुले त्यहाँको प्रहरी चौकी घेराउ गरेर दोषीलाई पक्राउ गर्न दवाव दिएका थिए । त्यहाँको स्थानिय चौकीमा एफआईआर पछि पोष्टमार्टम गरि शुक्रवारको दिन अन्तिम संस्कार गरिएको थियो । उक्त घटनाको सुचना नेपाली राजदुतवासलाई पनि गरिएको थियो । प्रवासी नेपालीहरुले त्यहाँको पुलिस प्रशासन सँग दोषीलाई छिटो भन्दा छिटो कार्वाहीगर्न र पिंडित परिवार लाई राहततथान्यायको लागीमाग राखेकाथिए ।

कतारबाट तीनजना पिडीतहरु वल्लतल्ल स्वदेश फर्के

Published on: //
तिलविक्रम थेवे
दोहाकतार । चर्कोव्याजमा हजारौं, लाखौं ऋण लिएर वैदेशिक रोजगारीका लागि खाडीमुलुक कतारमा आएका धेरै नेपालीहरु विभिन्न समस्याबाट गुज्रिरहेकाछन् भने नेपाली कामदारहरुको समस्या अझै बढ्दै गएको छ ।

कतारको औद्योगिकक्षेत्र (सनैया–६) मा रहेको एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत ३१ जना नेपाली कामदारहरुले आफ्नो तलव नपाएपछि श्रम अदालत, हुदै कतारको हाईकोर्टमा मुद्धा हालेका पिडीत कामदारहरुमध्ये घनश्याम नेपाल, भवानीशंकर सिलवाल र देवेन्द्र सापकोटाले आफ्नो तीन महिनाको तलव सुविधा सवै माया मारेर भएपनि गत फरवरी ११ तारिख नेपाल फर्कीसकेका छन् ।

कम्पनीले फर्कर्ने ओपन हवाई टिकट हातमा थमाईदिएका बाँकी ८ जना अमित दुमी राई, गौरव कडेल, अशिक तामाङ्ग, इन्द्र कामी, श्याम चौधरी, ताराप्रसाद बास्कोटा, हिरन बहादुर राई, रामचन्द्र बोहोरा, किशोर विक रहेकाछन् पिडीतहरु हातमा टिकट लिएर स्वदेश फर्कन पाउने अलिकति खुशी भएपनि आफुले पाउनुपर्ने तीन महिनाको तलव मायामारेर फर्कनुपर्ने पिडा बढी छ भने त्यही हातमा रहेको टिकटबाट पनि फर्किन पाउने कि नपाउने कुरामा पनि ढुक्क नभएको बताए ।

हाल उनीहरु आफ्नै क्याम्पमा बसिरहेपनि आफुहरुसंग खाद्य सामागी किन्न पैसा नभएको खानको समस्या टड्कारो रहेको पिडीतहरुले बताएकाछन् । हातमा ओपन हवाई बोकेर बसेका ८ जना लगायत कम्पनीले हवाई टिकट दिन बाँकी रहेका २८ जनाले हाईकोर्टबाट आफ्नो मुद्धा अझै फिर्ता नलिएको बताउदै आफूहरु अझै अन्यौलमा रहेको बताएकाछन् ।

कम्पनीले फर्कर्ने ओपन हवाई टिकट हातमा थमाईदिएका बाँकी ८ जना अमित दुमी राई, गौरव कडेल, अशिक तामाङ्ग, इन्द्र कामी, श्याम चौधरी, ताराप्रसाद बास्कोटा, हिरन बहादुर राई, रामचन्द्र बोहोरा, किशोर विक रहेकाछन् पिडीतहरु हातमा टिकट लिएर स्वदेश फर्कन पाउने अलिकति खुशी भएपनि आफुले पाउनुपर्ने तीन महिनाको तलव मायामारेर फर्कनुपर्ने पिडा बढी छ भने हातमा हवाई टिकटपनि नभएका पाँचथरका धुमबहादुर आले मगर, इलामका जग बहादुर जिम्बा, प्रदीप राई, झापाका विनोद पराजुली, पेम्बा तामाङ्ग, पशुपति देवकोटा, दधिराम ढकाल, सुखमान तामाङ्ग, अनिल विह्वकर्मा, दिपक मेचे, र तिलबहादुर तामाङ्ग, मोरङ्गका  रितुमान बस्नेत, गोरखाका लालबहादुर श्रेष्ठ, नवलपरासीका  गाविन्द चमर, विजय केवट, वेचै चमर, संखुवासभाका पदम कटुवाल, ठगेन्द्र कटुवाल र मकवानपुरका दिपक रीजाल रहेका छन् ।

यसैगरी अर्को एउटा कम्पनीमा पनि इलेक्ट्रिसियन भनेर कस्तुरी इन्टरनेशनल ओभरसिजले पठाएका ५ जना नेपाली कामदारहरुले नेपालीबाटै आफुले पाउनुपर्ने तलव नपाएर विचल्ली भएका छन् । मकवानपुरका कृष्णबहादुर लामिछाने, भोजराज पाख्रिन, महेन्द्र फुयाल र मुकुन्द रुपाखेती र धनुषाका राजीन्द्र सादा मुसारले ३ महिनाको तलव पाउनुपर्ने तर १५ दिनकोमात्र तलव पाएको बताउदै आफूहरुलाई इलेक्ट्रिसियन भनेर ल्याएको तर यँहा कन्स्ट्रक्सनको काममा लगाएको बताए ।

मेनपावरलाई जनही ८० हजार रुपिया तिरेर आएको बताउने यी पिडीत कामदारहरु आफुहरुको बस्ने व्यवस्थासमेत राम्रो नभएको र भुईमा सुतिरहनुपरेको बताएकाछन् । कामदारहरुसंग प्रत्यक्ष भेटेर आएका मकवानपुर मिलन केन्द्रका सचिव युवराज थापा र सहसचिव सुदन राजविक्रम ठकुरीका अनुसार पिडीत कामदारहरुले ५ महिनादेखि तलव नपाएका र भिषा नलगाई दिएका अन्य कामदारहरु समेत त्यस कम्पनीमा रहेकाछन् ।

यी नेपाली कामदारहरुहरुलाई ल्याएर सप्लाईमा अन्य कम्पनीहरुमा दिने जनकपुरका दुश्यष्त मल्लिकसंग यस विषयमा टेलिफोन मार्फत सत्यतथ्य जानकारी लिदा सोमबारसम्ममा आफुले दिन बाँकी रहेको तलव दिने र समस्या समाधान गर्ने बताए ।

एनआरएन युकेको नियमित बैठक सम्पन्न

Published on: //
फडिन्द्र भट्टराई
लन्डन, १६ फेब्रुअरी । गैर आवासीय नेपाली संघ युके कार्यसमितिको चौथो नियमित बैठक संघका अध्यक्ष्य योगेन बहादुर क्षेत्रीको अध्यक्ष्यतामा बेजिनस्टोक स्थित कार्निभल हलमा सम्पन्न भएको छ| नव मनोनित सल्लाहकारहरु पुर्व अध्यक्ष्यहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगाएतको उपस्थितिमा भएको सो बैठक को संचालन संघका महासचिब योग कुमार फगामीले गर्नु भएको थियो | नेपालमा भएको दुखद जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा एक मिनेट मौन धारण गरि बैठक शुरु गरिएको थियो |
बैठक को प्रारम्भमा राष्ट्रिय समन्वय परिषद बेलायतको निमन्त्रणामा आगामी मार्च ७ देखि ९ सम्म हुने अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष्य शेष घलेको भ्रमण सम्बन्धि जानकारी दिदै अध्यक्ष्य योगेन क्षेत्रीले सोहि अवसरमा मार्च ८ मा हुने महिला दिवसको कार्यक्रम भब्य रुपमा सफल बनाउन अनुरोध गर्नु भयो | साथै आइ सी सी अध्यक्ष्यको भ्रमणलाई सफल बनाउन पुर्व अध्यक्ष्य तथा संरक्षक मे. रि. डम्मर घले, अध्यक्ष्य योगेन क्षेत्री तथा महासचिब योग कुमार फगामीलाई जिम्मेबारी दिने निर्णय भयो | त्यसैगरि महिला दिवसको कार्यक्रम तयारीको लागि महिला संयोजक बबी लामा, कार्यक्रम संयोजक संगीता मरहटठा, उपाध्यक्ष्य शान्ति थापा, आइ सी सी सदस्य शुष्मा राई तथा सदस्य कुमारी गुरुङ लाई जिम्मेबारी दिइयो| यसका अलावा एक देश एक प्रोजेक्ट अन्तर्गत नेपालमा बृदाश्रम निर्माणार्थ सहयोग संयोजन अध्यक्ष योगेन क्षेत्रीले गर्ने साथै नेपालमा एन आर एन भवन निर्माणको लागि गरिने सहयोग जुटाउन अर्का अध्यक्ष महेन्द्र कडेलले संयोजन गर्ने समेत निर्णय भएको छ | उक्त कार्य को लागि दश - दश हजार पाउण्ड बिनियोजन गरि च्यारिटी कार्यक्रम मार्फत परिपूर्ति गर्ने व्यवस्था मिलाइएको छ | साथै उपरोक्त रकममा अन्य चन्दादाताहरुको सहयोग समेत थप गरि महिला दिवसको कार्यक्रममा आइ सी सी अध्यक्ष्य शेष घलेलाई हस्तान्तरण गरिने तयारी रहेको छ |
बैठकमा कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, आइ सी सी सल्लाहकार तथा एन सी सी बेलायतका संरक्षक मे. रि. डम्मर घले निर्वर्तमान अध्यक्ष्य तथा संरक्षक कुल आचार्य आइ सी सी सदस्यहरु, उपस्थित सल्लाहकार खुसीमान गुरुङ , जीव बेलबासे, अर्जुन तिलिजा लगाएत सबैले बिबिध बिषयमा आ आफ्ना धारणा राख्दै व्यापक छलफल गर्नु भएको थियो| बैठकमा कोषाध्यक्ष दासु पाण्डेले आर्थिक अपडेट प्रस्तुत गर्दै वक्यौता रकम समयमा पूर्ति गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नु भएको थियो | सोहि अवसरमा उपस्थित आइ सी सी सदस्यहरु थर्क सेन, शुष्मा राई , बिजन भट्ट तथा सुरेन्द्र श्रेष्ठ लाई खादा लगाएर सम्मान गरिएको थियो|

२ वटै मृगौला फेल भएका सन्तोष सापकोटालाई युएईबाट १ लाख ५७ हजार रुपैँया सहयोग

Published on: // ,

लालबहादुर ढेंगा
दुबई । सन् २०१३ मा स्थापना भएको पर्वतवासीहरुको साझा संस्था पर्वत सेवा समाज युएईले दुईवटै मृगौला फेल भएका सन्तोष सापकोटालाई मृगौला प्रत्यारोपणका लागि ने.रु.१ लाख ५७ हजार ३ सय आर्थिक सहयोग गरेको छ । सो सहयोग गएको १३ फेब्रुवरी बिहीबारका दिन दुबईको हाईल्याण्ड नेपाली रेष्टुरेण्टमा एउटा पत्रकार सम्मेलनमा गरेको हो । पर्वत सेवा समाज युएईका कार्यवाहक अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा अतिथिको रुपमा स्याङ्जा सहयोग समाज युएईका अध्यक्ष राजु पाण्डे, पत्रकार अम्बिका भण्डारी, केन्द्रीय पदाधिकारीहरु, क्षेत्रीय पदाधिकारीहरु र समाजसेवीहरु रहेका थिए । “सेवा नै धर्म हो” भन्ने नाराका साथ गरिएको पत्रकार सम्मेलनलाई महासचिव पुरुषोत्तम सुवेदीले संचालन गरेका थिए ।
खानी गाउं–६, पर्वत जिल्लाका निवासी १८ बर्षीय सन्तोष सापकोटाको दुईवटै मृगौला फेल भएपछि काठमाण्डौंको शिक्षण हस्पितालमा विगत १ महिनादेखि उपचार चलिरहेको क्रममा एउटा मृगौला सन्तोष सापकोटाको आमाले दिने भएपछि एउटा मृगौला प्रत्यारोपण गर्नका लागि आर्थिक कमजोर भएका कारण पर्वत सेवा समाज युएईलाई सहयोगको अपिल गरेपछि सो रकम सहयोग गरिएको हो । उक्त रकम संकलन गर्नका लागि कार्यवाहक अध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा एउटा आर्थिक संकलन समिति बनाईएको थियो भने युएईको विभिन्न ठाउंबाट संकलन गरिएको छ । यस्ता खालका उद्धार कार्यलार्ई धेरै सह्रानीयको रुपमा लिन सकिन्छ । । पर्वत सेवा समाज युएईद्धारा गरिएको एउटा सानो सहयोगले सन्तोष सापकोटालाई नयां जीवनदान मिलेको छ । प्रवासमा रहेर पनि यति ठूलो सहयोग गरेको भन्दै सन्तोष सापकोटाको आमाले काठमाण्डौबाट बिशेष धन्यबाद समेत गरेको छ ।

कार्यवाहक अध्यक्ष राजेन्द्र अधिकारीका साथ सम्पूर्ण पदाधिकारीहरुले संयुक्त रुपमा कोषाध्यक्ष प्रशुराम पौडेललाई एक्सचेन्जमार्फत पठाउनका लागि नगद १,५७,३०० हस्तान्तरण गरेको छ । यस आर्थिक संकलनमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई कार्यवाहक अध्यक्ष राजेन्द्र अधिकारीले धन्यबाद दिएका छन् ।

अष्ट्रेलिया हिँडेका ८ नेपाली युवा इण्डोनेसियाको जेलमा

 काठमाडौं, फागुन १ । धेरै धन कमाउने लोभमा अष्ट्रेलिया हिँडेका ८ जना नेपालीयुवा चार महिना देखि इण्डोनेसियामा जेलसजाय भोगिरहेका छन् । दलालको प्रलोभनमा पारेर मलेसियाबाट गैरकानुनी रुपमा अवैधानिक बाटो हुँदै पानीजहाजवाट अष्ट्रेलिया जाँदै गर्दा इण्डोनेसिया प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीका सिकेन्दर यादव,सोही ठाउँका सरोज यादव, रमेश, मोरङका बुद्ध, काठमाडौंका अविनाश पटेल, कपिलवस्तुका रविन्द्र शाह, रौतहटका उमेश प्रसाद र जनकपुरका भीमबहादुर रहेको सञ्चार माध्यमहरुले जनाएका छन् । मलेसियाको जोहोरबारुमा कार्यरत अवस्थामा म्यानमारकी सोनिया भन्ने एक महिला र विभिन्न नेपाली एजेण्टको सहायताले उनिहरु मलेसियावाट प्रतिव्यक्ति चार लाख तिरेर अष्ट्रेलिया जान लागेका थिए । सबैलाई इण्डोनेसियाको ताम्जुङ वलाईमा रहेको शरणार्थी क्याम्पमा राखिएको छ ।

गुल्मी सेवा समाज यूएईले बनभोज आयोजना गर्ने, उपस्थित हुन सबैलाई अनुरोध

Published on: //
कृष्ण गौतम
अबुधाबी यूएई । गुल्मी सेवा समाज यूएईले यूएईको फुजेरामा आगामी फेब्रबरी २८ तारिक शुक्रबारका दिन यूएईको पहाडी प्रान्त मानिने अति नै रमणिय स्थल फुजेहरामा एक बनभोज कार्यक्रमको आयोजना गरेको छ । यूएईका बिभीन्न स्थानमा कार्यरत गुल्मेलीहरुलाई एक आपसमा भेटघाट तथा मनोरन्जन गराउने हेतुले सो बनभोज कार्यक्रम आयोजना गर्न लागिएको हो ।
गत ०७ तारिक शुक्रबार अबुधाबीमा सम्पन्न नेपाली राजदुताबास अबुधाबीका नियोग उपप्रमुख श्री नेत्र बहादुर टन्डन ज्यु को स्वागत तथा सम्मान कार्यक्रम पछी बसेको केन्द्रिय तथा अबुधाबी क्षेत्रिय समिती को बैठकबाट उक्त निर्णय गरिएको हो । बनभोज कार्यक्रमको लागि कृष्ण गौतमको संयोजकत्वमा तयारी समिती पनि गठन गरिएको छ जसमा सहसंयोजक गोपाल कुँवर रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा अबुधाबीबाट मोहन खत्री, अर्जुन बस्नेत, सालिकराम पन्त, मित्र महत, तुलसी घिमिरे रहेका छन् भने दुबईदेखी लक्ष्मण अर्याल, होमनाथ कुँवर, सिता ठकुरी, सबिता आचार्य, मदन बिस्ट, लक्ष्मण भण्डारी तथा बनभोज स्थल फुजेहरा देखी गणेश केसी रहने गरी तयारी समिती गठन गरिएको छ । अबुधाबी तथा दुबई देखी यातयातको लागि बसको ब्यबस्था गरिएको छ, बिभिन्न परिकार खानपिनका साथै मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम पनि रहने आयोजकले जनाएको छ । बनभोज कार्यक्रममा सहाभागी हुनको लागि युएईमा रहनुहुने सम्पूर्ण गुल्मेली दाजुभाइ दिदी बहिनीहरुलाई आयोजकले अनुरोध समेत गर्दछ ।
सहभागि हुन चाहनेहरुले आगामी फेब्रबरी २५ तारिक भित्र आफ्नो नाम दर्ता गराई ब्यबस्थापन समितिलाई सहयोग गर्नुहुन समेत अनुरोध गरिएको छ थप जानकारी चाहिको लागि कार्यक्रम संयोजक कृष्ण गौतमको मोबाइल नम्बर ०५५३२५०१२३ मा संपर्क गर्न सकिने छ । त्यसैगरी तल उल्लेखित नम्बरहरुमा संपर्क गर्न सकिने पनि आयोजकले गुल्मीन्युज डट कमलाई जानकारी गराएको छ ।
गोपाल कुँवर: 0558455826
सिता ठकुरी: 0552546706
लक्ष्मण अर्याल: 0505484711
मदन बिस्ट:0563670845
होमनाथ कुँवर: 0558769605
लक्ष्मण भण्डारी: 0553839616
मोहन खत्री: 0505420096
सालीकराम पन्त:0559244729
मित्र महत: 0558834788
तुल्सी घिमिरे: 0504126725
सिता शर्मा घिमिरे: 0555912967
गणेश केसी: 0556895509

मुटुरोगी श्यामलाई जापानका नेपालीले पठाए ५६ हजार रुपैँया सहयोग


शिबलाल सुबेदी
गुल्मी, २८ माघ । आर्थिक अभावका कारण गुल्मीको हस्तिचौर १ निवासी १८ वर्षिय श्याम घर्तिको मुटु रोगको उपचार गर्न नसक्दा जीवन मृत्युको दोसाँदमा परेको समचार गुल्मीन्युज डट कम सहित बिभिन्न संञ्चार माध्यममा प्रसारण भएपछी उनलाई बिभिन्न संघ संस्थाहरुबाट सहयोग रकम प्रप्त भएको छ ।
मुटुमा प्वाल परेर काठमाडौको गंगालाल हृदयरोग मा उपचार गराई रहेका घर्तिलाई अप्रेसन गर्न ठुलो रकम लाग्ने भएकाले  आफु संग त्यो रकम नहुदा उपचार गर्न आबश्यक सहयोगका लागी पविारले आग्रह गरेपछि उनलाई स्वदेश तथा बिदेशबाट सहयोग रकम प्राप्त भएको हो । जापानमा रहेका गुल्मी हस्तिचौरका दानेन्द्र महतको नेतृत्वमा  बिभिन्न नेपालीहरुबाट सहयोग रकम संकलन गरेर रु ५६ हजार ९ सय १० रुपमया आज एक कार्यक्रमका बिच बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको छ ।
सदरमुकाम तम्घासमा एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष नवराज भुषालले बिरामीका आफन्त माया कुवँरलाई उक्त रकम हस्तातरण गर्नु भएको छ । रकम हस्तातरण कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, जिल्लामा क्रियाशिल पत्रकारहरु लगायत सर्वसाधारणको उपस्थीति थियो । घर्तिको उपचारका लागी बिदेशका बिभिन्न ठाँउबाट १ लाख ७९ हजार रकम यस अघि नै परिवारले प्राप्त गरि सकेको छ । परिवारजनले सहयोगका लागि एस.बि. आई. बैक शाखा गुल्मीमा रहेको खाता नं.२०९१५२४१४०२४३९ NPR मा रकम जम्मा गर्न सकिने तथा कुनै जानकारी का लागी सम्पर्क नं.९८०७५६१९३६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

यस्तो देखियो कोरियामा "रेसुङ्गा सांस्कृतिक झलक भाग २" (फोटोहरु)

Published on: //
टामलाल अर्याल
दक्षिण कोरिया l कोरियाको महान चाड सलनालको अवसरमा गुल्मी सम्पर्क समिति कोरियाले जनवरी ३१ तारिकको दिन आयोजना गरेको "रेसुङ्गा सांस्कृतिक झलक भाग २" कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

"बृद्ध बृद्धा हाम्रा भगवान् हुन्, बृद्धा आश्रम सहयोगको लागि हाम्रो अभियान " भन्ने नारा बोकेको "रेसुङ्गा सांस्कृतिक झलक कार्यक्रम २ चरणमा बिभाजित गरिएको थियो । गुल्मी सम्पर्क समितिका अध्यक्ष शंकर रानाको सभापतित्व भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल दुताबासका राजदुत कमानसिंह लामा, बिशिष्ठ अतिथि राजनीतिज्ञ प्रदिप कुमार ज्ञवाली, NCC अध्यक्ष लोचन राइ, NRN अध्यक्ष बिनोद कुँवर, NRN प्यासिफिक गंगाराज राई, NRN आइसीसी प्रतिनिधि के.पी.सिटौला,कोरियाका लागि श्रम सहचारी अनिल गुरुङ, नेपाल आदिबासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन, ओमन फोर ओमनका अध्यक्ष जुनु गुरुङ लगायत कोरियाका अन्य सक्रिय संस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।
 औपचारिक कार्यक्रमको समुद्घाटन कोरियाका नेपाली राजदुत कमानसिंह लामाले पानसमा दियो बालि गर्नुभएको थियो । उद्घाटन पश्चात प्रमुख अतिथी तथा अतिथिहरुले मन्तव्यको क्रममा आ आफ्नो धारणाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा गुल्मेली ब्यक्तित्व तथा सभाका बिशिष्ट अतिथि प्रदिप कुमार ज्ञवालीलाइ सम्मान पनि गरिएको थियो ।

 उक्त औपचारिक कार्यक्रमको संचालन संस्थाका सचिब चन्द्र पराजुलीले गरेका थिए भने कार्यक्रमका सभापति शंकर रानाले छोटो मन्तव्यका साथमा कार्यक्रम सफल पार्न सहभागी हुनु भएका सम्पूर्ण संस्थाका प्रतिनिधिहरु, कलाकार, पत्रकार तथा उपस्थित नेपाली समुदायहरुमा धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।
 कार्यक्रमको दोश्रो चरणमा नेपालका प्रसिद्ध हाँस्यकलाकार जितु नेपाल (मुन्द्रे), चर्चित भर्सटाईल गायक दिपक लिम्बु, लोकदोहरी गायक कुलेंद्र बिक, चर्चित लोकदोहरी गायिका सम्झना लामिछाने मगर, नेपाली हट नायिका सुष्मा कार्की तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले खचाखच भरिएको हललाइ तताएका थिए ।
कार्यक्रममा जितु नेपालले पेट मिचिमिची हसाएका थिए भने अन्य कलाकारहरुको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए । दोश्रो चरणको मनोरन्जनात्मक कार्यक्रमको संचालन हाँस्यकलाकार जितु नेपाल तथा पुरन रानाले गरेका थिए ।

गुल्मी सेवा समाज युएईद्धारा उपनियोग प्रमुख नेत्रबहादुर टण्डनलाई स्वागत

Published on: // ,

लालबहादुर ढेंगा
दुबई । गएको ७ फेब्रुअरी शुक्रबारका दिन अबुधावीको रायल राजेस्थान रेष्टुरेण्टमा नेपाली राजदूतावास अबुधावीका उपनियोग प्रमुख नेत्रबहादुर टण्डन, श्रीमती कौशल्या टण्डन र पुत्री केली टण्डनलाई एउटा कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । भर्खरै मात्र उपनियोग प्रमुखको पदमा आउनु भएका नेत्रबहादुर टण्डनलाई गुल्मी सेवा समाज युएईद्धारा स्वागत गरिएको हो ।
 उक्त स्वागत कार्यक्रमको प्रमुख अतिथिमा दूतावासका उपनियोग प्रमुख नेत्रबहादुर टण्डन रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारीले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेको कार्यक्रमलाई अबुधावी क्षेत्रीय समितिका सचिव टिकाराम खरेलले संचालन गर्नु भएको थियो ।
 पल्लीकोट १, गुल्मीमा जन्म भई हाल काठमाण्डौमा बसोबास गर्दै आउनु भएका उपनियोग प्रमुख टण्डनले विगत ३० बर्षदेखि परराष्ट्र मन्त्रालयमा कार्यरत गर्दै आउनु भएको थियो भने युएई आउनुभन्दा पहिले अष्टेलिया, फ्रान्स, अमेरिका र म्यानमरको दूतावासहरुमा समेत कार्य गरी सक्नु भएको छ ।
 उपनियोग प्रमुख टण्डनले आफ्नो मन्तव्यको क्रममा युएईमा आउना साथ आफ्नो जन्म थलो गुल्मी सेवा समाज युएईद्धारा स्वागत गरिएकोमा आभार व्यक्त गर्नु भयो । युएईस्थित कार्यरत नेपालीहरु र दूतावास सम्बन्धित कन्सुलर सेवाहरु सहज र सरल तरिकाबाट प्रदान गरिने कुरामा पनि प्रतिवद्धता जाहिर गर्नु भयो । सम्पूर्ण प्रवासी नेपालीहरुलाई एक आपसमा भाईचाराको सम्बन्ध स्थापना गरी युएईको नियम कानुनलाई पालना गर्न समेत आग्रह गर्नु भएको छ ।
 अध्यक्ष लक्ष्मण भण्डारीले गुल्मेलीवासीहरुको सांझा संस्था गुल्मी सेवा समाज युएईले धेरै सहयोग र उद्धार कार्यहरु गरिसकेको बताउनु भयो । आगामी दिनहरुमा सदस्यता र आजीवन सदस्यताहरु वितरण गर्दै अझै सशंक्त ढंगले अगाडि बढाउने जानकारी दिनु भयो । हरेक आई पर्ने समस्याहरु र कुनै पनि कार्यमा सम्पूर्ण गुल्मेलीवासी सधै एकजुट भएको भन्दै सबैलाई धन्यबाद र आभार व्यक्त गर्नु भयो ।
 उपनियोग प्रमुख टण्डनलाई गुल्मी सेवा समाज युएईद्धारा स्वागत गर्न पाउदा खुशी लागेको बताउनु भयो । साथै आगामी कार्यकालको लागि शुभकामना दिनु भएको छ ।
 केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद गौतमको शुभकामना मन्तव्यबाट थालनी भएको कार्यक्रममा उपनियोग प्रमुख टण्डनलाई अध्यक्ष भण्डारीले फुल तथा खादा ओढाएर स्वागत गरिएको छ भने श्रीमती कौशल्या टण्डन र पुत्री केली टण्डनलाई तुलसी घिमिरेले फुल तथा खादा ओढाएर स्वागत गरिएको थियो । साथै अन्य अतिथिहरुले पनि खादा ओढाएर स्वागत गरेका छन् ।




वामेली समाज जापानको वार्षिक साधारण भेला हुंदै

Published on: //
टोकियो, ६ फेब्रुअरी । वामी सेवा समिति जापानको छैठौं वार्षिक साधारण भेला यहि २३ तारिख आइतवार टोकियोमा हुने भएको छ ।
गुल्मी जिल्लाको वामी क्षेत्रबाट जापान आई बिभिन्न पेशा, ब्यवसाय र क्षेत्रमा संलग्न नेपालीहरुको संस्था वामी सेवा समिति जापानको साधारण भेला यहि फेब्रुअरी २३ तारिख हुने भएको हो । उक्त कुरा एनआरन जापानका पूर्व अध्यक्षसमेत रहनुभएका सो समितिका वरिष्ठ सल्लाहकार लालबहादुर केसी (रोशन) ले बताउनुभयो ।
भेलाको उदघाटन समारोह अपरान्ह ३ बजेदेखि र साँझ ७ बजेदेखि विविध साँगीतिक कार्यक्रमसहित रात्रीभोज रहने वामी सेवा समितिले जनाएको छ |
संस्थालाई बिशेष योगदान पुर्‍याउने ब्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको साधारण भेलापछि साँझ स्थानीय कलाकर्मीहरुको मनोरञ्जनपूर्ण साँगीतिक प्रस्तुती रहने सो सँस्थाका अध्यक्ष सुरेश केसीले बताउनुभयो । टोकियो गोतान्दास्थित माया रेष्टुरेन्टमा हुने उक्त कार्यक्रममा उत्साहजनक सहभागि भईदिन  सो सँस्थाले समस्त वामेली बन्धुहरुलाई हार्दिक आह्वान गरेको छ ।
विगतका वर्षहरुमा नयां वर्षको अवसरमा हुदैं आएको साधारण भेला यस पटक भने विविध कारणवश अलि ढिलोगरी हुन लागेको बुझिएको छ । 

समाचार प्रभावः हस्तीचौरका श्यामलाई जापनबाट ५५ हजार सहयोग

गुल्मी, २३ माघ ।   गुल्मी न्युज डटकम मार्फत कार्यक्रम ओझेलका खवरमा मुटु रोग पिडित गुल्मी हस्तिचौर जुकेपानीका श्याम घर्तिको कथा व्याथा प्रसारण भएपछी त्यो सुनेर जापानवाट उनको उपचारका लागि ५५ हजार भन्दा बढी रकम सहयोग पठाईएको छ ।
हस्तीचौर १, मल्दी घर भई जापानमा कार्यरत दानेन्द्र महतको अगुवाइमा त्यहा कार्यरत नेपालीहरुबाट ५५ हजार भन्दा बढी रकम ओझेलका खवर सञ्चालक पे्रम सुनारको नाममा पठाईएको हो । काठमान्डौ आईपुगेको जानकारी आफुलाई प्राप्त भएको र सो रकम भोली तम्घासको बैंकबाट झिकी पिडित परीवारलाई बुझाउने ओझेलका खवर सञ्चालक सुनारले जानकारी दिनुभयो ।
जापानबाट सहयोग पठाउनेमा हस्तिचौर १ मल्दिका दानेन्द्र महतले १० हजार, मुसीकोट अमराईका किसानबहादुर महतले १० हजार, विष्णु महतले १० हजार, वामीका हरी खत्रीले ५५ सय , वामीकै अर्जुन महतबाट ५ हजार, चितवनका देविसा सापकोटाबाट ५१ सय १ , भारतका रविन्द्र सिंहले ५ हजार, बडागाउ मैदानका बुद्धवल घिमीरेले ३ हजार,वामीका अङकित खत्रीले ३ हजार, चितवनका बावुराम शर्माले १ हजार र वामीका गुञ्ज खत्रीले १ हजार सहित ५५ हजार करिब पठाईएको हो ।
सो रकम सहयोग पठाएकोमा पिडित परीवार एवंम उनीहरुको कथा व्याथा ओझेलका खवरमा ल्याई पुराउने हस्तिचौर १ तरिखर्कका समाज सेवी ईन्द्रबहादुर कुंवरले आभार प्रकट गर्नु भएको छ ।
श्यामको बुधवार शहिद गगालाल हृदय रोग उपचार केन्द्र काठमाण्डौमा शल्यकृया हुने भएको र सो कार्यका लागि अढाइृ लाख रुपैयाँ गुल्मी न्युज डटकम सहित ओझेलका खवर युनिटले संकलन गराई दिन सफल भएको प्रति  आभार प्र्कट गरिएको छ ।

लण्डनमा दर्जनौं नेपाली विद्यार्थी अलपत्र, युनिभर्सिटीको लापार्वाही बिरुद्द मुद्दा

Published on: //
ध्रुबराज अर्याल, लण्डन
लण्डनस्थित ग्लीण्डर युनिभर्सिटीको स्पोन्सरमा एल एस बी एफ कलेजमा सिमा कोर्समा अध्ययनरत दर्जनौ नेपाली विद्यार्थी अलपत्र परेका छन । युनिभर्सिटी र कलेजबीचको सम्झौता तोडिएपछि ग्लीन्डर फिर्ता बोलाइएका उनीहरुलाई विश्वविद्यालयले लिन अस्वीकार गर्दै देश फर्किन भनिएपछि चार दर्जन बढी नेपाली विद्यार्थी समस्यामा परेका हुन ।
न्युनतम ८० प्रतिशत हाजिरी, पांच वटा विषय उत्र्तिण गरेको नतिजा लगायतका विभिन्न मापदण्ड पुरा गर्न नसकेको भन्दै ती नेपालीसहित झण्डै दुई सय विद्यार्थीको स्पोन्सर युनिभर्सिटीले रद्ध गरिदिएको हो । यस विषयमा युके बोर्डर एजेन्सीलाई पनि जानकारी गराइएको भन्दै युनिभर्सिटीले सबै विद्यार्थीलाई ६० दिनभित्र आ आफनो देश फर्किने तयारी गर्न आग्रहसहित इमेल पनि पठाएको छ । इमेलमा युनिभर्सिटीको निर्णयमा कुनै पुनर्विचार हुन नसक्ने र विद्यार्थीहरुलाई यसको विरुद्धमा अपिल गर्ने अधिकार नभएको समेत जानकारी गराइएको छ ।
तर विद्यार्थीहरुले भने युनिभर्सिटीले सबै विद्यार्थीलाई पठनपाठन गराउन पर्याप्त भौतिक पुर्वाधार नभएका कारण विद्यार्थीका कमजोरी देखाएर निश्कासन गरेको दाबी गरेका छन । आफुहरुलाई तीन वर्षको शुल्क यसअघि नै एकैपटक बुझाउन लगाएको भन्दै उनीहरुले नियोजित रुपमा विश्वविद्यालयले ठगी गरेको आरोप लगाएका छन । उनीहरुमध्ये धेरैले सातदेखि आठ हजार पाउण्डसम्मको शुल्क बुझाएका थिए ।
झण्डै तीन वर्ष लामो सिमा कोर्सको अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई एक वर्ष पनि पुरा नहुंदै देश फर्किन भनिएपछि पिडित विद्यार्थीहरु यतिबेला आन्दोलित भएका छन । उनीहरुले युनिभर्सिटीले आफनो व्यापारिक स्वार्थका लागि आफुहरुलाई अलपत्र पारेको भन्दै ग्लीन्डरविरुद्ध हाई कोर्टमा मुद्दा दायर गराएका छन । सो मुद्दामा सोमबार भएको प्रारम्भिक सुनुवाइपछि विद्यार्थीहरुलाई अध्ययन पुरा नहुंदै देश फर्किन लगाउनुपर्ने कारण एक हप्ताभित्रमा पेश गर्न ग्लीन्डरलाई आदेश दिइएको पिडितमध्येका एक विद्यार्थी सुमन बिसुरालले जानकारी दिए । त्यस्तै युकेबीए लाई पनि ती विद्यार्थीहरुको विषयमा तत्काललाई कुनै निर्णय नगर्न स्टे अर्डर जारी गरिएको उनले बताए ।
यसअघि पिडीत विद्यार्थीहरुले आफुहरुमाथि अन्याय भएको भन्दै कैयौंपटक ग्लीन्डर युनिभर्सिटी र एलएफबिएस कलेजमा धर्ना समेत दिएका छन ।
व्यापारिक स्वार्थका लागि आफुहरुलाई अलपत्र पारेको भन्दै ग्लीन्डर युनिभर्सिटी विरुद्ध बिरोध जनाउँदै सो युनिभर्सिटीमा अध्यनरत विद्यार्थीहरु । तस्बिर: ध्रुबराज अर्याल
गत अप्रिलमा भएको सम्झौताअनुसार ग्लीन्डर युनिभर्सिटीले स्पोन्सर गरेका झण्डै चार सय विद्यार्थीहरु एलएफबिएस कलेजमा सिमा कोर्समा अध्ययनरत थिए । कलेजको स्पोन्सरमा रहेका विद्यार्थीहरुले काम गर्नेअधिकार नपाउने भएकाले धेरै विदेशी विद्यार्थीहरु आकर्षित गर्ने उद्देश्यले सो सम्झौता गरिएको थियो । त्यसक्रममा भर्ना भएका सयौं विद्यार्थीबाट अत्यन्तै कडाइका साथ तीन वर्षको शुल्क सुरुमै उठाइएको थियो । तर केहि समयपहिले सो सम्झौता तोडिएपछि ग्लीन्डरले स्पोन्सर गरेका विद्यार्थीहरुलाई ग्लीन्डरमैपठनपाठन गराउने निर्णय भएको थियो । त्यसक्रममा निर्धारण गरिएका मापदण्ड पुरा गर्न नसकेका विद्यार्थीको स्पोन्सर विश्वविद्यालयले रद्द गरिदिएको हो । तर ती मापदण्ड पुरा गर्ने अन्य दुई सय विद्यार्थीहरुलाई पनि अन्तरवार्ताको लागि बोलाइएको छ । अन्तरवार्ता पास गर्न नसक्नेहरुको पनि स्पोन्सर रद्द गरिने युनिभर्सिटीले बताएको छ । 

ओझेलका खबर अब अस्ट्रेलियाको नेपाली संचार नेटवर्क अन्लाईन रेडियोमा पनि बज्ने

Published on: //
एमलाल बेलाबासे
राष्ट्रपति रामवरण यादव ज्युवाट सम्मानित भई सकेको अस्ट्रेलियाबाट सञ्चालित नेपाली सञ्चार अन्लाईन रेडियोबाट आज देखि हरेक मंगलवार अस्ट्रेलियाको समय साँझ ९ वजे ओझेलका खवर प्रशारण हुने भएको छ । नेपाली सञ्चार नेटवर्क अस्ट्रेलिया निर्देशक प्रमोद केसीका अनुसार दुखी, असाहयहरुको उद्धार र उठ्न नसकेका विषयलाई उठाउने जमर्को गरेकोले आझेलका खवर सो सञ्चार नेटवर्कको छनौटमा परेको हो ।

लाखौं प्रवासी नेपालीहरुको धड्कन मानिने नेपाली सञ्चार रेडियोमा ओझेलका खवरलाई स्थान दिनु भएकोमा त्यस नेपाली सञ्चार नेटवर्क अस्ट्रेलिया परिवारप्रति ओझेलका खवर युनिट हार्दिक आभार प्रकट गरेको छ । यस अवसरमा ओझेलका खवर सुरुमा उत्पादन गरेर यहाँ सम्म ल्याई पुराउने रेडियो रेसुुङ्गा, अहिले रेडियो स्काई, रेडियो गुल्मी, रेडियो रुरु, रेडियो रिपब्लिक, रेडियो ढोरपाटन, नयाँ एफएम सन्धीखर्क लगायत ओझेलका खवर युनिटका रुपमा सहकार्य गर्दै आई रहेको गुल्मी न्युज डटकम, गुल्मी टाईम्स डटकम, गुल्मी टुडे डटकम, हाम्रो गुल्मी न्युज डटकम, बुटुवल अनलाईन्, धौलाश्री अनलाईन्, बुटवल अनलाईन्, फेशबुक पेज गुल्मी दिगाम सेरोफेरो, ओझेलका खवरलाई युट्यवमा पुराउने ज्ञवा सञ्चार आभियान, पल्लीकोट न्युज डटकप्रती ओझेलक खबरका संचालक प्रेम सुनारले आभार प्रकट गरेका छन । "म ओझेलका खबरसँग हातेमालो गर्ने सबैलाई बधाई र धन्यवाद दिन चाहन्छु", सुनारले भने, "किन कि यो प्रयास म एक्लैको थिएन र यसको श्रेय सबैलाई बराबरी जान्छ ।"

यसरी एकपछि अर्को मिडियाले रुचाएर स्थान दिँदै जान थालेपछी सबै मिलेर यस ओझेलका खवरलाई अझ स्तरिय र खोजमुलक बनाउन कस्सीनु पर्ने महसुस भएको समेत सुनारले बताए । ओझेलका खवर सुरुमा नपत्याई नपत्याई उत्पादन थालिएको कार्यक्रम पचासौं श्रृंखला सम्म सामग्री खोज्न निकै कष्ट ब्यहोर्नु परेको थियो । तर अहिले अटी नअटाउ सामग्री भएकोले ओझेलका खवर दोस्रो भागका रुपमा हप्ताको दुई चोटी प्रशारण गर्ने सोंचमा यसको उत्पादन टिम रहेको जानकारी प्राप्त भएको छ ।

ओझेलका खवरलाई यहाँ सम्म ल्याउन गुल्मीका पत्रकारहरु जनार्दन घिमिरे, घनाश्याम गौतम, रेडियो रुरुका स्टेशन मेनेजर युवराज बस्याल, रेडियो स्काईका सञ्चालक विष्णु भुसाल, गोपाल भुसाल, नवराज भुसाल गणेश श्रीपाली, हिरा एसी, ज्ञानबहादुर महतरा, लगायतका अग्रजहरुको सुझाव सल्लाह भुल्न नसकीने रहेको र आगामी दिनमा पनि यो निरन्तरता कायमै रहोस् भन्ने अपेक्षा सुनारले गरेका छन ।
त्यस्तै सक्रिय रुपमा प्रबिधिबाट साथ दिने एम खत्री, तुलसिंह, वसन्त, महेन्द्र लगायतका रेडियोकर्मी मित्रहरु सवैको सहयोग र सुझाव सल्लाह अनि गुल्मी, वाग्लुङ्ग, पाल्पा वल्लो भेग, स्याङ्गजा वल्लो भेग, अर्घाखाँची प्युठानका श्रोताहरु पनि जोडीनुभएको छ ओझेलका खबरको सफलतासँग । "उहाँहरुले खाना खान छोडेरै ओझेलका खवरको समय कुरेर बसीदिनु भयो र फोन मार्फत हाम्रो हौसला बढाईदिनु भयो ।" सुनारले थपे, "पछिल्लो चरण प्रवासमा रहनु भएका देशैभरका नेपालीहरुले ब्याग्र पतिक्षाका साथ ओझेलका खवरलाई सुनिदिनु भएकोमा हामी आभार प्रकट गर्दछौं, १५६ औं श्रृंखलादेखि नेपाली सञ्चार रेडियो अष्ट्रेलियाबाट आज प्रशारण हुन गईरहेको अवसरमा हामी समस्त विज्ञापन दाता, सहयोगी, शुभ चिन्तक र प्रिय प्रिज श्रोतमा पुनःपुनः आभार प्रकट गर्दछौं ।"

ओझेलका खवर युनिट
प्रवास शाखा ।

कोरियामा ‘रेसुङ्गा सांस्कृतिक झलक २’ सम्पन्न

Published on: // ,
गुल्मी संपर्क समिती दक्षिण कोरियाले जनवरी ३१ का दिन ‘रेसुङ्गा सांस्कृतिक झलक २’ भब्य रुपमा सम्पन्न गरेको छ ।

समितीले ‘वृद्ध–वृद्धा हाम्रा भगवान हुन, वृद्धाआश्रम सहयोगार्थ हाम्रो अभियान’ भन्ने मुल नाराका साथ परोपकारी कार्यका लागि साँस्कृतिक कार्यक्रम गरेको समितिका अध्यक्ष शंकर राना मगरले जानकारी दिए ।
‘प्रवासमा रहेर जन्मठाउँमा हुने आपतकालिन अवस्थामा परेकाका लागि थोरै भएपनि राहत उपलब्ध गराउन नै हामीले कार्यक्रम गरेका हौं’, अध्यक्ष रानाले भने –‘सन २००७ मा स्थापना भएको समितिले स्थापनाकालदेखि नै विभिन्न परोपकारी कार्य गर्दै आएको छ ।’

कार्यक्रममा गुल्मीको रुद्राबेणीमा रहेको वृद्धाश्रमका लागि करिब १० लाख नेपाली रुपैयाँ सहयोग गर्ने उद्धेश्य अनुरुप २ लाख रुपैयाँ गत सेप्टेम्वरमा भएको रेसुङ्गा भलिवल प्रतियोगिताबाट छुट्टाएको जानकारी दिँदै अध्यक्ष राना मगरले भने ‘त्यो रकममा अव ८ लाख नेपाली रुपैयाँ थपेर वृद्धाआश्रमका लागि उपलब्ध गराउने हाम्रो उद्धेश्य छ ।’ साथै कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सहयौग गर्ने सबैप्रति आभारी रहेको पनि बताए ।
कार्यक्रममा गायक गायिकाहरु दिपक लिम्वु, कुलेन्द्र विक, सम्झना लामिछाने मगर, हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, नायिका शुष्मा कार्कीले विभिन्न प्रस्तुति देखाएका थिए । त्यस्तै स्थानिय बिसौनी समुह लगायत अशोक थुलुङ, नगेन्द्र थापा, भरत गुरुङ, नेपाल मगर संघ कोरियाका कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए ।

नेपाली कलाकारहरु युएईमा सम्मानित (फोटो फिचर)



लालबहादुर ढेंगा
दुबई । नेपालीहरुको गौरव राष्ट्रि«य झण्डालाई लिएर नेपालको कला र संस्कृतिलाई चिनाउदै “दुबई व्यापार महोत्सव २०१४” को विभिन्न देशको सांस्कृतिक कार्यक्रम अन्तर्गत सत्यवती कलाकेन्द्र ववरमहल काठमाण्डौबाट आएका कलाकारहरुलाई दुबईमा सम्मानित गरिएको छ । गएको ३१ जनवरी शुक्रबारका दिन दुबईको सिंध पंजाब रेष्टुरेण्टमा मगर समाज युएईले एउटा कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथिमा मगर संघ युएईका संरक्षक गिरमान थापा रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता मगर संघ युएईका अध्यक्ष हस्तराज दर्लामी मगरले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा उप संरक्षक तथा पत्रकार लालबहादुर ढेंगा र अन्य अतिथिमा कलाकार, केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरु रहेको कार्यक्रमलाई केन्द्रीय सचिव चन्द्र रोकाले संचालन गर्नु भएको थियो । सत्यवती कलाकेन्द्र ववरमहल काठमाण्डौको प्रस्तुति तथा डाईरेक्टर उदिराम खड्काको नेत्रृत्वमा १० जनाको टोली आउनु भएको हो । जसमा डाईरेक्टर उदिराम खड्का, सुरेश गुरुङ, तृप्ति खड्का, बुद्धि परियार, आस्तित्व मगर, बिना रुम्बा, बसन्ती मगर, ज्योति वली, भविश्य खड्का र छविलाल खड्का रहेका छन् ।
गत महिना २ जनवरीदेखि २ फेब्रुअरी एक महिनासम्म चलेको महोत्सवमा ६० देशले आ–आफ्ना देशका संस्कृति झलकाउने खालका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । जसमा नेपालको कौडा, शेर्पा, मयुर, झांकी, तामाङ, अपेरा नृत्य, झ्याउरे, थारु, भोजपुरी र सिंगारु रहेको थियो । विश्वको ६० देशमध्ये नेपालले टप ११ नम्बरको स्थान प्राप्त गर्नमा समेत सफलता पाएको छ ।
सो अवसरमा खजुराह–८, नेपाल गंजमा जन्म भई हाल विगत ४ बर्षदेखि काठमाण्डौंमा बसोबास गदैं आएकी लोक, आधुनिक र पप गायिका तृप्ति खड्काको एल्वम “तृप्ति आधुनिक दोहोरी कलेक्शन” भाग २ भिसिडीको विमोचन समेत गरिएको छ । पहिलो भाग १ भिसिडी नेपालमै विमोचन भएता पनि भाग २ भिसिडी प्रमुख अतिथि गिरमान थापा र गायिका तृप्ति खड्काले संयुक्त रुपमा विमोचन गरेको हो ।
परिचयत्मक कार्यक्रमबाट थालनी भएको कार्यक्रममा अध्यक्ष हस्तराज दर्लामीले खादा र प्रमुख अतिथि गिरमान थापाले प्रशंसापत्र दिएर सम्मान गरिएको थियो । सो अवसरमा आ–आफ्ना मन्तव्य राख्नेहरुमा उपाध्यक्ष राजु सिंजाली, उपाध्यक्ष ललितमान राना, अतिथि कलाकार उदिराम खड्का, प्रमुख अतिथि गिरमान थापा र अध्यक्ष हस्तराज दर्लामी रहेको थियो ।







गुल्मी समाज युकेद्वारा अनिशलाई बचाउन ५१ हजार सहयोग

Published on: //
दुवईमा मृत्यूदण्डको फैसाला सुनाइएका अनिश खालिङलाई बचाउन गुल्मी समाज युकेले ५१ हजार रुपैंया सहयोग गरेको छ । समाजका अध्यक्ष अर्जुन गौतमले अनिशको जिवन रक्षाका लागि अग्रसर बेलायतबासी सम्पूर्ण गुल्मेलीहरुलाई धन्यवाद दिएका छन । उनले वेलायतबासी नेपाली समुदायलाई आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत आब्हान गरेका छन ।
एक पाकिस्तानी नागरिकले खालिङलाई यौन र्दुबयवहार गरेको कारण प्रतिकार गर्दा घाइते बनेका पाकिस्तानी नागरिकको उपचारकोक्रममा मृत्यु भएको थियो । उनको मृत्युको पछाडि खालिङको हात रहेको आरोप सहित मुद्धा दायर गरिएकोमा उनलाई स्थानिय अदालतले दोषी ठहर गर्दे मृत्य दण्डको सजाय सुनाएको छ ।
अब मृतकको परिवारले ब्लडमनी करिब ५६ लाख रुपैयां स्वीकार गरेमा खालिङलाई बचाउन सकिने बताएको छ । सो रकम संकलन गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले उपाध्यक्ष सुर्य नेवाङ्गको संयोजकत्वमा समिति गठन गरेको एनआरएन युकेले जनाएको छ ।

यस्तो छ एनआरएन युकेमा चर्केको बिबाद

Published on: //
ध्रुबराज अर्याल
लण्डन । एनआरएन युकेका दुई अध्यक्षहरुबीचको विवाद चरम उत्कर्षमा पुगेको छ । ध्यक्षद्धय योगेन क्षेत्री र महेन्द्र कण्डेल पक्ष एक अर्कालाई सहमति उल्लंघन गरेको आरोप लगाउंदै  सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन । विभिन्न विज्ञप्ती र फेसबुक मार्फत दुई अध्यक्षबीचको विवाद छताछुल्ल हुंदै जांदा दुई पक्षबीच केहि महिना अघि मात्रै भएको एकता नै बिथोलिन सक्ने खालका आशंका समेत बढेका छन।
यसअघि केहि महिनाअघि एनआरएन युकेको नेतृत्व चयनका विषयमा गम्भीर विवाद उत्पन्न भएपछि कण्डेल समुहले निर्वाचन बहिष्कार गरी छुट्टै अधिवेसनमार्फत एक कार्यसमिति घोषणा गरेको थियो।        
उता नेतृत्वमा दाबी गरिरहेका कण्डेल निर्वाचनबाट नै बाहिरिएपछि योगेन क्षेत्री समुहलाई सर्वसम्मत  घोषणा गरिएको थियो । त्यसरी औपचारिक रुपमै फुटेर दुई टुक्रा भएको एनआरएन युके लाई प्राध्यापक सुर्य सुवेदीलगायतको पहलमा पछि फेरी एक भएको घोषणा गरिएको थियो ।
दुई पक्षबीचको एकताको लागि गरिएको सम्झौतामा दुवै अध्यक्ष नेतृत्वको कार्यसमितिले पालैपालो एकएक वर्षसम्म काम गर्नेसहमति भएको थियो। जसअनुसार क्षेत्री नेतृत्वको कार्यसमिति पहिलो वर्षका लागि कार्यकारी भुमिकामा छ । 
गत साता लण्डनमा सम्पन्न एनआरएन युकेको बैठकपछि दुई पक्षबीचका असन्तुष्टि र विवाद फेरी सतहमा आएका हुन । बैठकमा दुई वर्षसम्म नै दुवै अध्यक्ष नेतृत्वका कार्यसमिति कायम रहने गरी संगसंगै मिलेर काम गर्ने सहमति भएका क्षेत्री पक्षले बताएको छ । तर कण्डेल पक्षले भने अध्यक्षको अनुपस्थितीमा अर्का अध्यक्षले काम चलाउने सहमति मात्र भएको र कार्यकारी भुमिका भने एक एक वर्ष पालो नै लिएर गर्नुपर्ने पुरानो सहमति नै कायम रहेको जिकीर गरेको छ । 


अध्यक्ष कण्डेलले केहि दिनअघि एक विज्ञप्ती नै जारी गरी अर्का अध्यक्ष योगेन क्षेत्री सहमतिविपरित अघि बढेको भन्दै आक्रोश व्यक्त गरेका थिए । गत साता सम्पन्न  एनआरएन बैठकमा अध्यक्ष क्षेत्रीले विगतको सहमतिअनुसार एक वर्षपछि      अर्का       अध्यक्ष कण्डेललाई कार्यकारी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्न आफु बाध्य नहुने भनी दिएको अभिवयक्तिप्रति कण्डेलले आपत्ति जनाएका छन । अध्यक्षको उक्त अभिव्यक्ति अविलम्ब फिर्ता गरी गल्ती सच्चाउन उनले माग गरेका छन । कसैसंग सल्लाह नगरी आफनो जिल्लामै लगेर सहयोग रकम बांडेको, विगतका कार्यसमितिबाट भएका आर्थिक अनियमिता छानबिन गर्न पहल नगरेको लगायतका आरोप पनि कण्डेलले क्षेत्रीमाथि लगएका छन ।
जवाफमा अध्यक्ष क्षेत्रीले पनि एक विज्ञप्ती जारी गर्दै आफुमाथि लगाइएका सबै आरोप भ्रामक रहेको दाबी गरेका छन । उनलेआफु विगतको सहमति अनुरुप नै अघि बढेपनि कण्डेल समुहले एनआरएन बैठकमा भएका सहमति विपरित बोल्दै हिंडेको आरोप लगाएका छन । विगतका सहमति अनुसार नै अघि बढने बताउंदै असन्तुष्टिका विषयहरु आउंदो महिना बस्ने कार्यसमितिको बैठकमा उठाउन कण्डेललाई सुझाव दिएका छन । विगतमा एनआरएन आईसिसीबाट समेत मान्यता नपाएको कण्डेल नेतृत्वको कार्यसमितिलाई पनि सम्मानजनक स्थान दिएर समेटेर लैजानका लागि आफुले पहल गरेको भन्द ैक्षेत्रीले आफु सबैसंग मिलेर नै अघि बढ्ने बताएका छन । 
क्षेत्रीले कण्डेल पक्षले उठाएको आर्थिक अनियमितताको विषय छानबिन गर्न सकिने तर कुनै ठोस प्रमाण नै बिना कसैमाथि आरोप लगाउन नसकिने बताएका छन । उनले सबै कुरा सहमतिमैअघि बढीरहेपनि अरु कसैको  बाहिरी दबाबका कारण कण्डेल पक्षले अनावश्यक बखेडा निकालेको भन्दै यस विषयमा गम्भीर हुन उनीहरुलाई आग्रह गरेका छन । 

दुबईमा यस्तो देखियो माघे सक्राँन्तिमा माघिको रमझम (फोटो फिचर)

Published on: // ,
लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा विश्वको जुन देशमा बसोबास गरेता पनि आ–आफ्नो कला, संस्कृति र चाड पर्वलाई जर्गेना गरेको पाईन्छ । युएईस्थि रहेका नेपालीहरुले माघे संक्रान्ती पर्वलाई शुभकामना आदानप्रदान संगै विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् । प्रवासी थारु समाज युएईको दोस्रो भेला तथा माघे संक्रान्ती पर्वको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको हो ।

गएको २४ जनवरी शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा “थारु कला संस्कृति हाम्रो पहिचान यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ थारु समुदायको महान चाड माघे संक्रान्ती पर्व, नयां बर्ष तथा दोस्रो भेला विधिवत रुपमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङ रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रवासी थारु समाज युएईका अध्यक्ष नेत्र थनेतले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा सोही समाजका सल्लाहकार घनश्याम चौधरी रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।
कार्यक्रमको थालनी प्रमुख अतिथि डिआर गुरुङ र अध्यक्ष नेत्र थनेतले संयुक्त रुपमा दियो प्रज्योलन गरी गरिएको थियो । सोही संस्थाका उपाध्यक्ष किशोर चौधरीले संस्थाको स्थापनाकालदेखि गरेका कार्यहरुको लेखाजोखा पस्तुत गर्दै, संस्थाको औचित्यबारे प्रकाश पार्नु भएको थियो । त्यसैगरी कार्यक्रमलाई रोचक र सांगीतिक बातावरणमा महासचिव दिपेन्द्रराज थनेतले संचालन गर्नु भएको थियो । सो कार्यक्रममा थारु जातिहरुको मौलिक भाषा, भेषभुसा र संस्कृतिलाई नजिकबाट देख्न र बुझ्न सकिन्थ्यो । प्रवासको ठाउंमा भएता पनि आ–आफ्नो ड्यटीको बावजुद समय दिएर गरेको योगदानलाई छिट्टै भुल्न सकिदैन । थारु दाजुभाई तथा दिदीबहिनीहरुले लगाएका थारु पहिरनले थारुहरुको संस्कृतिलाई प्रत्यक्ष रुपमा झलकाएको देखिन्थ्यो ।
थारुहरुको मौलिक भाषाको गीत र नृत्यले थारु संस्कृतिलाई सुनमा सुगन्ध थपिदिएको थियो । विभिन्न तथा विविध सांगीतिक प्रस्तुतिले दर्शकलाई निक्कै मनोरञ्जन दिएको थियो । सो अवसरमा विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तिहरुलाई खादा ओढाई प्रशंसापत्र दिएर सम्मान समेत गरिएको थियो ।







नेपाली दुताबास अबुधाबीका नब नियुक्त उपनियोग प्रमुखलाई गुल्मी सेवा समाज यूएईले स्वागत तथा सम्मान गर्ने

Published on: //
कृष्ण गौतम
अबुधाबी, यूएई । नेपाली दुताबास अबुधाबीमा नव नियुक्त उप नियोग प्रमुख श्री नेत्र बहादुर टन्डन लाई गुल्मी सेवा समाज यूएईले एक कार्यक्रमको बिच स्वागत तथा सम्मान गर्ने भएको छ । गत बिहीवार मात्र उप नियोग प्रमुखको जिम्मेबारी लिएर यूएई आउनु भएका टन्डनलाई आज गुल्मी सेवा समाजका केन्द्रिय उपाध्यक्ष कृष्ण गौतमले उहाको कार्यकक्षमा भेट गरी सम्पूर्ण गुल्मेलीहरुको तर्फ देखी स्वागत गर्दै आगामी फेब्रबुरी ०७ तारिकमा हुन गैरहेको अबुधाबी क्षेत्रिय समितिको बिशेष भेलामा उहाँलाई स्वागत तथा भेटघाट कार्यक्रमको लागि निमन्त्रणा गर्नुभएको थियो ।
गुल्मी जिल्ला पल्लिकोट गाबिस वार्ड नम्बर १ मा जन्मनु भएका टन्डन ३० बर्षे लामो पररास्ट्र मन्त्रालय अन्तर्गत बिभिन्न तहमा रही सेवा गर्नुका साथै पेरिस, वासिङ्टन डिसी, याङुन हुँदै अहिले यूएई अबुधाबी स्थित नेपाली राजदुताबास को नियोग उपप्रमुखको जिम्मेबारी सम्हाल्न यूएई आउनु भएको हो । टन्डन यूएई आउनु भन्दा पहिला राष्ट्रपतीको कार्यालयमा सेवारत हुनुहुन्थ्यो । यसै क्रममा बिभिन्न ५-६ देश को लागि जाने अवसर आएको तर आफुले यूएई नै रोजेको उहाँले बताउनु भयो ।
यूएईमा कार्यरत तथा ब्यबसाय गरेर रहनु भएका तथा कामको सिलसिलामा रहनुभएका सम्पूर्ण नेपालीको हक हितको लागि काम गर्न आफुले कुनै कसर न छोड्ने बताउनु भएको छ । "यूएईको कानुन र नेपाल सरकारको निर्देशन पालना गर्दै सेवा गर्नको लागि सबैजनाबाट सहयोगको पनि आशा राख्दछु", उँहाले भन्नु भयो । यूएईमा गुल्मी सेवा समाज रहेको र समाजबाट आफुलाई स्वागतको लागि निमन्त्रणा दिएकोमा हार्दिक धन्यवाद दिँदै आफु पनी यूएईमा रहनु भएका सम्पूर्ण गुल्मेलीहरु सँग भेटघाट हुन खोजेकोले उक्त अवसर मिलाइदिनु भएकोमा समाज प्रती धेरै खुशी ब्यक्त गर्नु भएको थियो ।
गुल्मी सेवा समाज यूएई अन्तर्गत अबुधाबी क्षेत्रिय समितीले आयोजना गर्न लागेको बिशेष भेलाको तयारी भईरहेको अवस्थामा स्वागत कार्यक्रम पनि गरिने भएकोले सम्पूर्ण केन्द्रिय समितीका सदस्यहरु र सल्लाहाकार ज्यु हरुपनी अनिबार्य उपस्थिती हुन आयोजकले अनुरोध गरेका छन । 
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग