Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घास नगरपालिका हैन रेसुंगा नगरपालिका

Published on 4:08:00 AM //

घनश्याम गौतम 
सरकारले घोषणा गरेको तम्घास नगरपालिकाको सट्टा चार गाविस थपेर रेसुङ्गा नगरपालिका बनाउन माग गरिएको छ । नगरपालिका सिफारिस कार्यदलले तम्घास नगरपालिकाको नाम परिवर्तन गर्दै रेसुङ्गा राखी १५ वडा कायम गर्न सिफारिस गरेको छ ।

स्थानीय विकास अधिकारी हीरालाल रेग्मीको संयोजकत्वमा गठित समितिले तम्घास, अर्खले, सिमिचौर र दुवीचौर गाविसलाई समेत समेटेर रेसुङ्गा नगरपालिका नामकरण गर्न सिफारिस गरेको हो । यसअघि स्थानीय विकास मन्त्रालयले तम्घास गाविसलाई मात्र तम्घास नगरपालिका घोषणा गरेको थियो । समितिले नगरोन्मुख भन्दै अन्य तीन गाविस थप गरेर वडा सीमांकनसमेत गरी सिफारिस गरेको कार्यदलका संयोजक स्थानीय विकास अधिकारी हीरालाल रेग्मीले बताए ।

राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाजसहितको समितिले तम्घासलाई ६, अर्खलेलाई ४, सिमिचौरलाई ३ र दुवीचौर गाविसलाई दुई वडामा विभाजन गरेको छ ।

 जिविस योजना तथा प्रशासकीय अधिकृत भक्तिराम मरासिनीका अनुसार सिफारिस गरिएका वडा सीमांकनमा तम्घासको जिपपार्कदेखि बाख्रेछेंडासम्मको १ वडालाई नगरपालिकाको पनि १, तम्घासको उदिनढुङ्गा र धागीथुम रहेको २ र ३ वडालाई २, अर्खलेको भाडगाउँ र बेहांेरे रहेको ८ र ९ लाई ३, अर्खलेकै सेउघा, सिमाघाट र पनाहा रहेको ५, ६ र ७ लाई ४, खाम्सेपानी, भुवनपानी रहेको ३ र ४ लाई ५, चेक्मी र नयाँगाउँतर्फको सिमाना १ र २ लाई ६, तम्घासकै ६ को नेटालाई ७, भुजेलखर्क र सोता रहेको ८ लाई ८, तम्घासको बसपार्क, खानीगाउँ, प्रशासन, चिदिचौर रहेको ४ र ५ लाई ९, उपल्लो तम्घास, बुढीचौर रहेको ६ र ७ लाई १०, सिमिचौरको मोहराई, बाँसखर्क, आमडाँडा, भेडिखोर, सिखेधारा, देउराली, रातामाटा, खाल्डाँडा, चेतेनेटा, बुढीबस्ने दहलाई ११, फलामे सिमिचौर, सिबुङ, ढाव, थापाखर्क, काभ्रे, रिपाहा, रैया, बाँसपाटा, झुपिखर्क, मैदान र निर्माणाधीन विमानस्थललाई १२, तोलङ, माल्दी, डाँडाखर्क, जाबुने, राङबास, बाइकाथान, कालिका नाच्ने र आरुबारीलाई १३, दुवीचौर गाविसको बुढीझिर्मी, उर्लेनी, बसारी, छाप, भीरबारीलाई १५ र भँगारी, घोर्लेमाविदेखि तलपट्ट िकल्लेरीसम्मलाई १५ वडा कायम हुने गरी विभाजन गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग