Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमै पाठेघर भित्रको ट्युमरको सफल शल्यक्रृया

Published on 11:07:00 AM //


शिबलाल सुबेदी
जिल्ला अस्पताल तमघास गुल्मीमा पहिलो पटक पाठेघर भित्रको ट्युमरको सफल शल्यक्रृया गरिएको छ ।
गुल्मीको विरवास गाविस वार्ड नं. ४ निवासी सुनिता पुनको शल्यक्रृयाद्धारा पेटभित्र रहेको वच्चा सफलतापुर्वक वाहिर निकालिएको र पाठेघरको भित्रपट्टि रहेको ५ सय ५० ग्राम वरावरको ट्युमरको मासुको डल्लो वाहिर निकाल्न सफल भएको अस्पतालका सुचना अधिकारी जनस्वास्थ्य अधिकृत वालकृष्ण श्रेष्ठले जानकारी दिएका छन । डा. कासिम शाहको नेतृत्वको चिकित्सक तथा नर्सहरुको टोलीले उक्त ट्युमरको शल्यक्रृया सफल भएको जनाएका छन । शल्यक्रृयापछि आमा र वच्चा दुवैको अवस्था सामान्य रहेकाले उनलाई बिहीबार बिहान घर पठाइएको श्रेष्ठले बताए । शैल्यकृयाद्धारा पाठेघरवाट वाहिर निकालिएको उक्त मासुको भागलाई थप परीक्षणका लागि पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रवास पठाईएको समेत अस्पतालले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग