Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादी नेताको हत्यारा सार्वजनिक

Published on 11:26:00 PM //

घनश्याम गौतम
माओवादी धुर्कोट रजस्थल-२ का गाउँ सचिव चन्द्रबहादुर थापाको हत्याको अभियोगमा पक्राउ परेका तीन अभियुक्तलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले अभियुक्त धुर्कोट रजस्थल-४ का विष्णु परियार, जयप्रताप थापा र धुर्कोट रजस्थल-५ का भोजबहादुर परियारलाई सार्वजनिक गरेको छ । गत ८ गते हत्या भएको थापाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले १० भन्दा बढीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । पक्राउ परेका जयप्रताप यसअघि पनि ६ महिना जेल बसेर ५० हजार जरिवाना तिरेर छुटेका थिए ।

 त्यस्तै भोजबहादुर परियार पनि विभिन्न स्थानमा चोरी गरेको अभियोगमा पक्राउ परी जरिवाना तिरेर मुक्त भएको प्रहरीले

जनाएको छ । यसैगरी प्रहरीले जबरजस्ती करणी अभियोगमा खज्र्याङ-९ का रामबहादुर बुचा र सार्वजनिक अपराधमा सग्लनको आरोपमा पक्राउ परेका बलेटक्सार-४ का हरि भुसाल, हुँगा-५ का जितबहादुर खत्री, पीपलधारा-८ का बाबुराम थापा, दुवीचौर-३ का खुमबहादुर श्रीश र हस्तिचौैर-३ का विष्णु कुँवरलाई पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका सबैको थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक श्याम अर्यालले पत्रकार भेटघाटमार्फत जानकारी गराए । प्रहरीले समाजमा विकृति बढाउने कार्यमा संलग्न र हुलदंगा गर्दै हिंड्नेलाई समेत पक्राउ गरेर सार्वजनिक मुद्दा दर्ता गरी कारबाही अगाडि बढाउँदै आएको छ ।

प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले सर्वसाधारणको शान्ति सुरक्षाका लागि आफूले कुनै कसुर बाँकी नराख्ने बताए । 'जिल्लाको शान्ति सुरक्षा नै हाम्रो पहिलो दायित्व हो', पत्रकार भेटघाट कार्यक्रममा उनले भने ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग