Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा २ र अर्घाखांचीमा ३६ विद्यार्थी निष्कासित

Published on 3:23:00 AM //

पि.एम.मगर
जारी एसएलसी पुरक परीक्षा अन्तर्गत हिजो भएको अनिवार्य गणित विषयको परीक्षामा गुल्मी जिल्लावाट २ जना परीक्षार्थी निष्कासित भएका छन् । यसरी निष्कासित हुनेमा सिद्धवावा उच्च माध्यमिक विद्यालयको केन्द्र ख वाट एक जना र महेन्द्र उच्च माध्यमिक विद्यालयको केन्द्र घ वाट एक जना विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ती २ जना विद्यार्थीहरुलाई चिट चोरीरहेको अवस्थामा फेला पारी निष्कासित गरिएको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले वताउनुभयो । यस वर्षको एसएलसी पुरक परीक्षामा निष्कासित भएको हिजो पहिलो पटक हो ।
बुधवारको अनिवार्य गणित विषयको परीक्षामा गुल्मीमा सवै भन्दा वढी १ हजार ७ सय २२ जना सहभागी थिए । त्यस्तै अर्घाखांचीमा आज ३६ परीक्षार्थी निस्काशित भएका छन । परीक्षा हलभित्र चिट चोरेको भन्दै जिल्ला शिक्षा कार्यालयका कर्मचारीले उनीहरुको परीक्षा रद्द गरेका हुन । निस्काशित हुनेमा अर्घँखा“ची आवासीय उच्च माविबाटको केन्द्रवाट ६, जनज्योती उच्च माविबाट ११ र भगवती उच्च माविको केन्द्रवाट १९ जना परीक्षार्थीलाई परीक्षाको मर्यादा विपरित काम गरेकाले निस्कासन गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताउनुभयो । यस अघि अग्रेजी विषयको परीक्षामा अर्घाखांचीमा ६ जना निस्कासित भएका थिए । यसैविच नवलपरासीमा २ विद्यार्थी निस्कासित भएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग