Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रजनन तथा यौन स्वास्थ्य सम्बन्धी गोष्ठी सम्पन्न

Published on 2:58:00 AM //


मनोज बस्नेत
किशोर किशोरीको प्रजन्न तथा यौन स्वास्थ्य सम्बन्धी १ दिने गोष्ठी पाञ्चायन उच्च माध्मिक विद्यालय जैसिथोक गुल्मीमा आज सम्पन्न भएको छ ।
जैसिथोक गाविसको आर्थिक सहयोग र जैसिथोक उपस्वास्थ्य चौकीको प्राविधिक सहयोगमा सम्पन्न गोष्ठीमा किशोर , किशोरीको उमेरमा आउने परिवर्तन, पहिचान र त्यसको व्यवस्थापन र प्रजनन तथा यौन स्वास्थ्य अन्र्तगत प्रजनन गराउन सक्ने उमेर, यौवन अवस्थाका लाभ, बिकृती, विसङ्गगती, एच.आइ. भी एड्स, यौन रोगबाट बच्ने उपाय लगायतका विषयमा व्यापक छलफल सहितको कार्यक्रमको सहजीकरण उपस्वास्थ्य चौकीका अहेब बालुराम खनालले गर्नुभएको थियो ।
पान्चायन उच्च माध्यामिक विद्यालयका प्रचार्य टेक बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सरोकारवाला , महिला स्वास्थ्य स्वयम–सेविका, उपस्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरु, राजनितिकदल, पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविका सृजना घिमिरेको स्वागत मन्तव्य, जैसिथोक उपस्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष चिरञ्जीवि भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग