Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जन्मदिन भूलेपछि लोग्नेको हत्या

Published on 3:44:00 AM //

जन्मदिन सबैका लागि प्यारो हुन्छ । त्यसमा पनि आफ्नो जन्मदिन सबै भन्दा पहिले आफ्नो नजिकको मान्छेले वीस गरोस् भन्ने अपेक्षा सबैमा हुन्छ । त्यसो हुन सकेन भने रिसाउने, घुर्काउने तथा झगडा गर्ने  कुरा बेग्लै हो तर रुसकी ४५ वर्षीया एक महिलाले आफ्नो जन्मदिन विर्सिएको भन्दै आफ्नै लोग्नेको हत्या गरेकी छिन् ।

दक्षिणी रुसकी ४५ वर्षीया लियालियाले आफ्नो जन्मदिन समेत भुलेको भन्दै आफ्नै लोग्ने खाल्पिकको हत्या गरेकी छिन् । विगतका वर्षहरुमा बिहानै उठेर जन्मदिनको वीस गर्ने लोग्नेले यो वर्षको जन्मदिन विर्सिए पछि यस्तो भएको हो । लियालियाले यो वर्षको जन्मदिनमा पनि सधै झैँ लोग्नेले विहानै वीस गरोस् भन्ने अपेक्षा गरिेकी थिइन् । तर यसपाली त्यस्तो हुन सकेन । लोग्ने खाल्पिक अन्य दिन जस्तो जन्मदिनमा पनि जागिरमा गए । उनलाई लाग्यो दिउँसो वीस गर्ने होला । दिनभर फोनको प्रतिक्षामा बसेकी लियालियालाई लोग्नेको फोन आएन ।
लियालियालाई लाग्यो बिहान बिसिर्एपनि दिउँसो कामको व्यस्तताले फोन गर्न भ्याएनन् होला । बेलुकी आउँदा चाँहि फूलको गच्छा सहित श्रीमान् आउँने छन् । तर त्यो पनि हुन सकेन । खाल्पिक अन्य दिन जस्तो सामान्य ढंगले घरमा आए । खाल्पिक घरमा आउँदा घरमा मिठा मिठा भोजनहरु तयार भएका थिए । तर पनि उनलाई श्रीमतिको जन्मदिनको सम्झना आएन ।
श्रीमान्लाई आफ्नो जन्मदिनको हेक्का नभएको भन्ने पक्का पक्की भएपछि लियालियाको रिसको पारो निकै तातिसकेको थियो । जव खाना खाने भन्दै खाल्पिक भान्साकोठामा प्रवेश गरे तव रिसले चुर चुर भएकी लियालियाले भान्सामै प्रयोग हुने चुरी श्रीमानको छातिमा रोपिन् । एजेन्सीको सहयोगमा ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग