Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाडिमा कालो झण्डा

Published on 3:11:00 AM //


मनोज बस्नेत
आफ्ना ४१ शुत्रिय मागको सरकारले वेवास्था गरेको भन्दै नेपाल यातायात व्यावशायी महासघंले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरी आईतवार देखि आन्दोलन थालेको छ । मागहरु वेवास्ता गरेको भन्दै दबाब स्वरुप देशभरका यातायात व्यावशायीहरुले आज पहिलो चरणको कार्यक्रम अन्तरगत कालो झण्डा बाधेंर सवारी साधनमा चलाएका छन् । महासघंले यसअघि गत साउन १७ गते प्रधानमन्त्रि झलनाथ खनाल, १८ गते श्रम तथा यातायात व्यावस्था र वाणिज्य तथा आफुर्ति मन्त्रीलाई र १९ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुभाईसकेको छ ।
गुल्मी जिल्लामा पनि महासघं सगँ आबद्ध सवारी साधनहरु कालो झण्डा बाँधेर चलाईएको थियो । पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि पनि झण्डा बाधेँर सवारी चलाईने गुल्मी जीप व्यावशायी समितीका कार्यलय प्रमुख डोर बहादुर कुवंरले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग